काठमाडौं। अमेरिकामा युएफओ र एलियन देखिएका घटनाको चर्चा भइरहन्छन् । तर, एक व्यक्तिले जे गरे त्यो थाहा पाएर तपाइँ दंग पर्नुहुनेछ । होटलको कोठामा बसेका उनले कथित रुपमा झ्यालबाहिर एलियन देखे त्यसपछि उनले त्यो एलियनमाथि गोली चलाउन थाले ।
न्यूयोर्क पोस्टको रिपोर्टअनुसार ५५ वर्षका सामुएल रिडेलले शनिबार दिउँसो केन्टुकीको एक होटलमा कार पार्किङ र छिमेकको कोठामा गोली चलाइदिए र आगो लगाइदिए । उनले पछि बयानमा आफूले यस्तो एलियन देखेपछि त्यसबाट बच्नको लागि गरेको बताएका छन् ।
पुलिस अधिकारीहरुका अनुसार सामुएल अवैध रुपले बन्दुक राखेको र अन्य आपराधिक मामिलामा पहिले नै सजाय भोगिसकेका व्यक्ति हुन् । पुलिसले जारी गरेको प्रेस रिलिजका अनुसार उनले पुलिसलाई आफूले पार्किङमा एलियनलाई देखेको र त्यही एलियनमाथि गोली चलाइरहेको बताएका छन् ।
जाँचमा अधिकारीहरुले सामुएल एक सजाय भोगिसकेको अपराधी भएको पाएका छन् । उनको साथमा २ वटा ह्याण्डगन र एउटा सेमिअटोमेटिक राइफल थिए । यो घटनामा कोही हताहत भएको जानकारी छैन । जाँचमा पार्किङमा वाहनहरुमा कैयौं गोली चलाइएको र एउटा गोली नजिकैको कोठामा छिरेको पाइएको छ ।
रिडेलको साथमा रहेकी एक महिला गोलीको आवाज सुनेर बाथरुपमा परेकी थिइन् र उनी पुलिस आएपछि मात्र बाहिर निस्किइन् । पुलिसका अनुसार महिलाले आफू रिडेलको भतिजी भएको बताएकी छिन् । धेरैले रिडेलले गोली चलाउने कारण अविश्वसनीय भएको भन्दै यसको खिल्ली पनि उडाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-