मुम्बइ। बलिउडलाई भारतको सबैभन्दा ठूलो फिल्म उद्योग मानिन्छ । तर, बलिउडसँगै भारतमा दक्षिण भारतीय फिल्म उद्योग पनि निकै फस्टाएको छ । बलिउडका हिन्दी फिल्महरुलाई दक्षिण भारतका तेलुगु, तमिल फिल्महरुले राम्रै टक्कर दिन्छन् । यसबाहेक कन्नड र मलायालम उद्योगमा पनि ठूलो लगानीमा राम्रा फिल्महरु बन्ने गरेका छन् । बलिउडमा सुपरस्टारको पहिचान बनाएका कैयौं अभिनेत्रीहरु पहिले यिनै दक्षिण भारतीय उद्योगबाट आएका हुन् । दक्षिण भारतीय उद्योगबाट आएर बलिउडमा सुपरस्टार बन्ने अभिनेत्रीहरुको सूचीमा हेमा मालिनी, श्रीदेवी, ऐश्वर्या राय, प्रियंका चोपडादेखि दीपिका पादुकोणसम्म छन् ।
१. प्रियंका चोपडाः पूर्व मिस वर्ल्ड प्रियंका चोपडाले दक्षिण भारतीय फिल्मबाट डेब्यू गरेकी हुन् । उनको पहिलो फिल्म तमिल फिल्म थमिजान थियो । २००२ मा रिलिज भएको यो फिल्ममा उनको अपोजिट थालापति विजय थिए ।
२. ऐश्वर्या राय बच्चनः पूर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चनले पनि तमिल फिल्मबाट डेब्यू गरेकी हुन् । उनको पहिलो फिल्म इरुवर थियो । १९९७ मा आएको यो फिल्ममा उनको अपोजिट मोहनलाल थिए ।
३. दीपिका पादुकोणः अभिनेत्री दीपिका पादुकोणले करिअरको सुरुवात कन्नड फिल्मबाट गरेकी थिइन् । उनको पहिलो फिल्म ऐश्वर्या थियो । २००६ मा आएको यो फिल्ममा उनको अपोजिट उपेन्द्र थिए ।
४. इलियाना डिक्रुजः अभिनेत्री इलियाना डिक्रुजले २००६ मा तमिल फिल्म देवदासूबाट करिअरको सुरुवात गरेकी थिइन् । यो फिल्ममा उनको अपोजिट राम पोथिनेनी थिए ।
५. यामी गौतमः यामीले करिअरको सुरुवात कन्नड फिल्म उल्लास उत्साहबाट गरेकी थिइन् । यो फिल्ममा उनको अपोजिट गणेश किशन थिए ।
६. श्रीदेवीः श्रीदेवीले बालबलाकारको रुपमा १९६७ मै तमिल फिल्ममा काम सुरु गरेकी थिइन् । शीर्ष भूमिकामा पनि उनको पहिलो फिल्म १९७६ मा आएको तमिल फिल्म मुन्द्रु मुदिचु थियो जसमा उनको अपोजिट कमल हसन थिए ।
७. कृति सेननः कृति सेननले पनि तेलुगु फिल्मबाट डेब्यू गरेकी हुन् । उनको पहिलो फिल्म नेनोक्काडिने हो । २०१४ मा आएको यो फिल्ममा उनको अपोजिट महेश बाबू थिए ।
८. हेमा मालिनीः बलिउडकी ड्रिम गर्ल हेमा मालिनीले १९६३ मा तमिल फिल्म इधु सथियमबाट डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनको एउटा गीतमा केमियो भूमिका थियो ।
९. तापसी पन्नुः तापसीले २०१० मा तेलुगु फिल्म जुमंडी नादमबाट डेब्यू गरेकी थिइन् । यसमा उनको अपोजिट मनोज मंचु थिए ।
१०. रेखाः रेखाले कन्नड फिल्मबाट करिअर सुरु गरेकी थिइन् । १९६९ मा आएको फिल्म अपरेशन ज्याकपट नल्ली सिआइडी ९९९ मा उनको अपोजिट राजकुमार थिए ।
११. दिशा पाटनीः अभिनेत्री दिशा पाटनीले तेलुगु फिल्म लोफरबाट करिअर सुरु गरेकी थिइन् । २०१५ मा आएको यो फिल्ममा उनको अपोजिट वरुण तेज थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-