काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उन करिब २० दिनपछि सार्वजनिक रुपमा देखिए । २० दिनसम्म रहस्यमय तरिकाले हराएका उन मे १ का दिन एक कार्यक्रममा सहभागी भएका थिए । मजदूर दिवसका दिन एक फ्याक्ट्रीको उद्घाटन कार्यक्रममा किम सहभागी भएका थिए । यसअघि अन्तर्राष्ट्रिय मिडियामा किमको स्वास्थ्यलाई लिएर विभिन्न दावी गरिएका थिए । अहिले सार्वजनिक रुपमा देखिएका किमका तस्वीरमा उनको शरीरमा रहस्यमय चिन्ह देखिएको छ ।
एनके न्यूजले मेडिकल विशेषज्ञको हवाला दिँदै आफ्नो रिपोर्टमा गरेको दावी अनुसार किमको शरीरमा देखिएको यो चिन्ह उनले मुटुको शल्यक्रिया गराउँदाको चिन्ह हुन सक्ने बताएको छ । एनके न्यूजका अनुसार किम जोंग उनको हातमा ‘निडल’ को चिन्ह देखिएको छ जो कार्डियोभास्कुलर प्रोसिजरको क्रममा बनेको हुन सक्छ । किम गायब रहेका बेला अमेरिकी मिडिया सिएनएनले आफ्नो रिपोर्टमा अमेरिकी अधिकारीहरुले किमको मुटुको शल्यक्रियासँग सम्बन्धित रिपोर्टमा नजर राखिरहेको बताएको थियो ।
१ मेमा खिचिएको भनिउका उनका तस्वीरमा उनको हातमा रहस्यमय चिन्ह देखिएको छ । डेलीमेलका अनुसार पहिले यो चिन्ह थिएन । किमका यी फोटोहरु उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले जारी गरेको हो । उत्तर कोरियामा प्रेस स्वतन्त्रता नभएकोले स्वतन्त्र एजेन्सीले यी फोटोहरुको सत्यता प्रमाणित गर्न सकेका छैनन् ।
प्रतिक्रिया लेख्नुहोस्:-