जापानले आगामी वर्षको शुरुमा ६५ वर्ष वा सो भन्दा बढी उमेरका नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोपको तेस्रो मात्रा लगाउन शुरु गर्ने भएको छ । मंगलबार यहाँका खोप अभियान मन्त्री तारो कोनोले यस्तो बताएका हुन् । कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्ट फैलिरहेको समयमा संक्रमण नियन्त्रण गर्न यस्तो कदम चाल्न लागिएको हो । कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाएको कम्तिमा पनि ८ महीना भएका
ज्येष्ठ नागरिकहरुलाई बुष्टर डोज दिइने गत हप्ता स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले निर्णय गरेको थियो । समय बित्दै जँदा खोपका कारण शरीरमा उत्पन्न हुने एन्डिबडीको स्तर घट्दै जाने अध्ययनहरुले पनि देखाएका छन् । सरकारले स्वास्थ्यकर्मीहरुलाई भने यही वर्षभित्रै खोप लगाउने अनुमान गरिएको छ । गत वर्षको फेब्रुअरीमा उनीहरुलाई खोप लगाइएको थियो । दोस्रो चरणमा ६५ वर्ष वा सो भनदा बढी उमेरकाहरुमा बुष्टर डोज लगाउने कार्यक्रम विस्तार गरिनेछ ।
त्यसपछिको चरणमा भने मधुमेह लगायत दीर्घ रोग भएकाहरुलाई खोप लगाइनेछ । वृद्धवृद्धाहरुलाई बुष्टर मात्रा बिना कुनै अवरोध लगाउन सकियोस् भन्नका लागि आवश्यक तयारी शुरु गर्न कोनोले स्थानीय सरकारहरुलाई अनुरोध पनि गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-