बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कुन आईफोन किन्ने, पुरानो कि नयाँ ?‍

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज ७, २०७८ १४;३५ मध्यान्ह प्रकाशित
कुन आईफोन किन्ने, पुरानो कि नयाँ ?‍
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । एप्पलले बजारमा आईफोनका विभिन्न विकल्प ल्याएको छ । त्यसमध्ये कुन खरिद गर्दा उपयुक्त हुन्छ भन्ने दुबिधा थुप्रै प्रयोगकर्तामा हुनसक्छ । आईफोन एसईदेखि आईफोन थर्टिन प्रो म्याक्स सम्मका विकल्प बजारमा छन् । आज हामी तपाईंलाई कम्पनीको बजारको नारालाई वास्तविकताबाट अलग गर्ने प्रयास गर्दैछौँ । यसमा बजारमा रहेका प्रत्येक आईफोनको सबल र दुर्बल दुवै पक्षको चर्चा गर्ने प्रयास गर्नेछौँ । पुरानो आईफोन बिक्री गर्ने प्रसङ्गबाट नै सुरु गरौँ !

यदि तपाईं कुनै आईफोनबाट नयाँ भर्सनमा अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सामान्य छुटका लागि बिक्रेतालाई नै उपलब्ध गराउन सक्नुहुन्छ । तर त्यसका लागि हतारिनु अघि अन्यत्र कतै थप राम्रो मूल्य पाउने गरी बिक्री गर्न सकिन्छ कि भन्ने कुरा विचार गर्न भने नभुल्नुहोस् ।

पुराना आईफोनले समेत राम्रै मूल्य प्राप्त गर्न सक्छन् । तर त्यो राम्रो अवस्थामा भने हुनुपर्छ । यसरी आफ्नो सेकेन्ड ह्यान्ड फोन बिक्री गर्ने उपायको रुपमा हाम्रो बजार लगायतका फेसबुक ग्रुपहरू तपाईँका लागि राम्रो विकल्प बन्न सक्छन् ।

एप्पल आईफोन एसई (२०२०)
नेपालमा हाल आईफोन एसई २०२० को मूल्य ७० हजार रुपैयाँ छ । तर यसमा आईफोन ११ प्रो समानको ए १३ प्रोसेसर राखिएको छ । यो आईफोनमा तपाईंले कुनै पनि एप मजाले चलाउन सक्नुहुन्छ । अधिकांश गेम आनन्दसँग खेल्न सक्नुहुन्छ । यदि तपाईं एप्पलका पुराना आईफोनको फ्यान हुनुहुन्छ भने यो तपाईंका लागि एकमात्र विकल्प हो । जसमा बाक्लो बेजल, होम बटन र सुरक्षित अनलकिङका लागि टच आईडी रहेको छ ।

यसमा तपाईंले वायरलेस चार्जिङ जस्तो आधुनिक अपडेटसँगै सिङ्गल लेन्स क्यामेरा यसमा पाउनु हुनेछ । तर याद राख्नुहोस्, आईफोन ट्वेल्भ र आईफोन थर्टिनको जस्तो खासगरी लो लाइटमा फोटो क्वालिटी भने यसमा पाउन सक्नुहुन्न । किन भने यो फोनमा नाइट मोड दिइएको छैन । साथै ब्याट्री लाइभ समेत यसको नराम्रो पक्ष हो । औषत प्रयोगमा मात्रै आईफोन एसईको ब्याट्री दिनभर टिक्न सक्छ ।

यद्यपि तपाईं बजारमा सस्तो आईफोन खरिद गर्न खोज्दै हुनुहुन्छ भने यो तपाईंका लागि एउटा विकल्प भने अवश्य हो । खल्तीमा सहजै राख्न सकिने यो फोनको साइज अनुसारको विकल्प भनेको आईफोन १३ मिनी अथवा एन्ड्रोइड नै हुनसक्छ ।

एप्पल आईफोन १३
आईफोन १३ धेरैजसोका लागि उत्कृष्ट आईफोन हो । यसपालि एप्पलले हात हल्लिदा फोटोमा आउने समस्या समाधान गर्न प्रो मोडेलबाट मेन क्यामेरामा सेन्सर-शिफ्ट स्टेबलाइजेसन फिचर ल्याएको छ । यसअघि ६४ जीबी हुने गरेकोमा यसपटक भने आधारभूत १२८ जीबी पुर्‍याइएको छ । ६.१ इन्चको ओलेड स्क्रिन आफैँमा उचित साइज हो । नयाँ संस्करणमा आएको एउटा उत्कृष्ट फिचर भनेको सिनेम्याटिक मोड हो ।

जुन भिडिओको पोट्रेट मोडमा मर्ज भएको छ र यसले सब्जेक्टमा ब्लर इफेक्ट राख्ने गर्दछ । समग्रमा यसको क्यामेरामा सुधार देख्न सकिन्छ । शार्प र चहकिलो रात्रीकालिन तस्वीरका लागि यसको वाइड र अल्ट्रा वाइड क्यामेराले थप लाइट ग्रहण गर्न सक्छ । ब्याट्रीलाइफ राम्रो छ, दिनभरका लागि ढुक्क भए हुन्छ । ए १५ बायोनिक चिपले गर्दा ब्याट्री लाइफलाई अझ सुधार गरेको छ । यसको नकारात्मक अथवा कमजोर पक्ष भनेको कलर केही मन्द छ ।

तर यसमा आईपी ६८ वाटर रेसिस्टन्ट, फाइभजी कनेक्टिभिटी र म्यागशेप एक्सेसरिज सिस्टमको सुधार पनि यसमा देख्न सकिन्छ । तर यसको साथमा तपाईंले चार्जिङ एडप्टर र एयरबड पाउनु हनेछैन । सानो आकारको फोन मन पराउनेका लागि एप्पल आईफोन १३ मिनीः ठूला आकारका फोनदेखि घृणा लाग्छ ? त्यसो हो भने आईफोन १३ मिनी नयाँ आईफोन मध्ये सबैभन्दा सानो आकारको फोन हो । जुन चाहिँ निकै पातलो समेत छ ।

यसमा टच आईडीको साटो फेस आईडी दिइएको छ र स्क्रिन वरिपरि पातलो किनारा छ । जसले गर्दा तपाईंले फोन सानो भए पनि ५.४ इन्चको ओएलईडी स्क्रिन यसमा पाउनुहुनेछ । जुन आईफोन एसई २०२० भन्दा ठूलो हो । स्क्रिन साइज ठूलो हुँदा पनि भौतिक रुपमा यो फोन सानो छ । ब्याट्री लाइफ बाहेक आईफोन १३ माथिका समान फिचर यसमा पनि पाउन सक्नुहुन्छ ।

एउटा परम आईफोन एप्पल आईफोन १३ प्रो तथा आईफोन १३ प्रो म्याक्स
आईफोन १३ प्रो वा आईफोन १३ प्रो म्याक्सलाई एक हजार डलर खर्च गर्नका लागि तार्किक कारण छ । यी फोनहरू आल्मुनियमको साटो स्टेनलेस स्टिल र सिसाको मिश्रणबाट बनाइएका छन् । जसले गर्दा यी आईफोनलाई थप टिकाउ र बलियो बनाएको छ । म्याक्समा ६.७ इन्चको ठलो ओलेड स्क्रिन छ । आईप्याड मिनी नभए पनि ठूलो डिस्प्ले आवश्यक हुनेहरूका लागि यो उचित विकल्प हो ।

यसैगरी प्रोमा समान फिचर सहितको ६.१ इन्चको डिस्प्ले छ । जसमा १२० हर्जको रिफ्रेश रेट रहेको छ । जसले स्क्रिन निकै स्मुथ महसुस गराउँछ । ओलेड स्क्रिन थप चहकिलो बनेको छ । साथै एकदमै धेरै प्रयोग नहुँदा ब्याट्रीमा दिनभर टिकाउ हुने सहजता छ । गत वर्षको आईफोन १२ को तुलनामा नयाँ आईफोनमा अतिरीक्त ग्राफिक्स कोर समेत आएको छ । जसले गेम खेल्नका लागि अझ राम्रो अनुभव प्रदान गर्दछ ।

ट्रिपल क्यामेरा सिस्टममा ३ गुणा अप्टिकल जुम क्यामेरा समावेश छ । ती सबैमा नाइट मोडले काम गर्न सक्छ । यी तीन ओटै सेन्सरले थप लाइट ग्रहण गर्न सक्छन् । जसले गर्दा लो लाइटमा समेत तीछ्ण र चहकिलो तस्वीर लिन सहयोग पुग्छ । म्याक्रो क्यामेरा सहितको अल्ट्रा वाइड क्यामेरा रहेको छ ।

यो वर्षको अन्त्यपछि एप्पलले प्रोरेस भिडिओ रेकर्ड गर्न सकिने फिचर समेत थप गर्दैछ । जसले तपाईंको आईफोनमा रहेका भिडिओ क्लिप एडिट गर्ने गज्जबको नियन्त्रण प्रदान गर्नेछ । यो कुरा सुन्ने वित्तिकै तपाईंले फोरके भिडिओ क्याप्चर गर्न २५६ जीबी मोडेलको आकांक्षा राख्न सक्नुहुन्छ । किन भने १२८ जीबी मोडेल केवल १०८० पी मा सीमित छ ।

मिडरेञ्ज आईफोन
यदि तपाईंलाई पछिल्लो र परम किसिमको आईफोन आवश्यक छैन भने तपाईँका लागि एप्पलका तीन ओटा छनौट बाँकी नै छन् । जसमा आईफोन १२, आईफोन १२ मिनी र आईफोन ११ । यदि तपाईंको ध्यान यो मिनीमा छ भने थप एक सय डलर जति थपेर आईफोन १३ मिनी खरिद गर्न हाम्रो सुझाव हुन्छ । जसले तपाईंलाई दोब्बर स्टोरेजसँगै थप स्तरिय क्यामेरा र केही राम्रो ब्याट्री लाइफ दिन्छ ।

६४ जीबी आईफोन १२ पनि अन्तर्राष्ट्रिय बजारमा ७२९ डलर मूल्यमा बिक्री हुन गाह्रै छ । यदि तपाईंलाई जसरी पनि म्यागशेप ईकोसिस्टममा प्रवेश गर्न गहिरो इच्छाशक्ति छैन भने उचित मूल्यको हिसाबले आईफोन ११ सही निर्णय हुनसक्छ ।

ए १३ बायोनिक प्रोसेसर साच्चिकै शक्तिशाली छ । मेन क्यामेराले नाइट मोड समेत सपोर्ट गर्छ र अल्ट्रा वाइड क्यामेरा समेत यसमा रहेको छ । यद्यपि यसमा ओलेड स्क्रिन भने छैन । साथै फ्ल्यागशिप एज वा फाइभजी नभए पनि तपाईंले आईपी ६८ वाटर रेसिस्टेन्स, वायरलेस चार्जिङ र करिब दिनभरलाई टिक्ने ब्याट्री लाइफ भने पाउनु हुनेछ ।

आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स
एप्पलले सन् २०२० मै आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्सको उत्पादन बन्द गरिसकेको हो । यद्यपि तपाईंले यसलाई बजारबाट खरिद गर्न सक्नुहुनेछ । यी आईफोनको पछाडि भागमा तीन ओटा क्यामेरा र फास्ट प्रोसेसर राखिएको छ । साथै टेलिफोटोसँगै अल्ट्रावाइड तथा जुम समेत यसमा पाउन सक्नुहुन्छ ।

स्टेनलेस स्टिलको बडी, उत्कृष्ट ओलेड डिस्प्ले, दिनभर टिक्ने ब्याट्री लाइफ, वाटर रेसिस्टेन्स र वायरलेस चार्जिङ पनि यी आईफोनमा छ । जब अन्तर्राष्ट्रिय बजारमा ८२९ डलरमा आईफोन १३ उपलब्ध हुन थालेको छ भने यी फोनमा ८०० डलरभन्दा माथि खर्च गर्नु मुर्खता हुन जान्छ ।

तर यी आईफोनबाट टाढा रहनुहोस्
आईफोन एक्सएस, एक्सआर, एक्स, ८, ७, ६ एस, एसई (२०१६) र अन्य पुराना आईफोन पनि बजारमा कतैबाट आइरहेका हुनसक्छन् । तर यी स्मार्टफोनमा पैसा खर्च गर्ने प्रलोभनमा नपरेकै जाति ।

यी आईफोनमा पछिल्ला सफ्टवेयरलाई धान्ने क्षमताको प्रोसेसिङ पावर नै छैन । यदि छ भने पनि त्यसको आयू धेरै लामो हुँदैन । यदि ५५० डलरभन्दा कम मूल्यमा पाउनु भयो भने आईफोन ११ र आईफोन ११ प्रो म्याक्स ठीकै हुनसक्छन् ।

आईफोन ६ ले आईओएस १४ अपडेट समेत पाउन सकेन भने आईओएस १५ सिक्स एसमा काम गरिरहेको छ । तैपनि यो निकै पुरानो भइसक्यो । सफ्टवेयर सपोर्ट बिना तपाईंको आईफोन विस्तारै कम सुरक्षित हुनेछ र निकै स्लो चल्न थाल्नेछ ।

यी मोडेलमा क्यामेरा प्रविधि पनि सुधारिएको छैन । लगभग फ्रिमा पाएदेखि बाहेक आईफोन एसई (२०२०) वा यो सूचीमा भएका आईफोन मध्ये कुनै विकल्प रोज्न सक्नुहुन्छ ।

के यो आईफोन खरिद गर्ने सही समय हो ?
पक्कै पनि । एप्पलले भर्खरै मात्र आईफोन १३ बजारमा डेब्यु गराएको छ । त्यसैले तपाईंले आगामी वर्षको सेप्टेम्बरसम्म अर्को नयाँ आईफोन देख्न सक्नुहुने छैन । यद्यपि बीचमा एसई मोडेल भने आउन सक्छ । यदि तपाईं नयाँ आईफोनमा पैसा खर्च गर्ने पक्षमा हुनुहुन्न भने ताजा ब्याट्री लिने बिचार गर्नुहोस् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!