काठमाडौं। अमेरिकामा एक व्यक्तिलाई उनकी पत्नीको पूर्व पेशाका कारण कामबाट निकालिएको छ । खासमा ती व्यक्तिका मालिकहरुले उनकी पत्नी पूर्व पोर्नस्टार भएको थाहा पाएका थिए । जागिरबाट निकालिएपछि ती व्यक्तिले पत्नीसँग मिलेर जीवनयापनका लागि ब्लग पोस्ट गर्न थाले ।
डेली मिररका अनुसार क्यालिफोर्नियाका च्यानन रोजका मातापिता उनी सानै हुँदा छुट्टिएका थिए । ८ वर्षको उमेरमा उनका पिताले अर्की महिलासँग बिहे गरे । सौतेनी आमाले च्याननलाई शारीरिक र भावनात्मक रुपमा प्रताडित गर्थिन् । आमाको प्रताडनाबाट चिन्तित च्याननले १८ वर्षको उमेरमा बाध्यतावश पोर्न उद्योगमा प्रवेश गरिन् । विस्तारै उनी निकै चर्चित भइन् र एक पोर्नस्टारको रुपमा चिनिन थालिन् ।
च्यानन भने यसबाट सन्तुष्ट थिइनन् र उनी परिवार बनाउन चाहन्थिन् । उनले डेटिङ वेबसाइटमा प्रोफाइल बनायन् । त्यहीँ उनले आफ्ना अहिलेका पति ४४ वर्षका ट्रेविस डीनलाई भेटिन् । च्याननको उमेर पनि अहिले ३६ वर्ष छ । उता ट्रेविसको परिवारलाई च्याननको अतीतबारे थाहा भएपछि उनीहरुले यो सम्बन्ध अस्वीकार गरे । यहाँसम्म कि उनले च्याननलाई छोड्न नमानेपछि पारिवारिक व्यवसायबाट निकालियो । तर, ट्रेविसले च्याननलाई छोडेनन् ।
यो जोडीले युट्युबमा ब्लग पोस्ट गरेर जीवनयापन गर्ने फैसला गरे । दुवैले आफ्नो जीवनका कुराहरु अनलाइन शेयर गरेर एक मिलियन भन्दा धेरै सब्सक्राइबर बनाए । उनीहरुले प्रजनन्, गर्भपतन, असफल आइभीएफ आदि विषयमा आफ्नो अनुभव सुनाए । २०१८ मा उनीहरु आइभिएफको माध्यमबाट २ सन्तानका अभिभावक बने । उनीहरु एक कारमा अमेरिकामा घुमेर युट्युबमा ब्लग पोस्ट गर्छन् । यो काममा ट्रेविसले च्याननलाई सहयोग गर्छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-