काठमाडौं, गत महिना काठमाडौंसहितका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दियो । तर, निर्माताहरु करोडौंको लगानीमाथि एक्लै जोखिम नउठाउने भन्दै हल व्यवसायी र वितरकसँग मोटो ‘एमजी’ मागिरहेका छन् । केही निर्माताहरु भने तत्काल जोखिम मोल्नेभन्दा पनि विदेशी फिल्म चलाएर सिनेमा हलसम्म दर्शक ल्याउनु पर्ने बताउँछन् ।
नेपाली फिल्म क्षेत्र चलायमान बनाउन बलिउड फिल्मको प्रतिक्षा भइरहेको समयमा शनिवार रोहित सेट्टीले फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन मिति घोषणा गरेका छन् । तिहारबाट फिल्म संसारभर प्रदर्शनमा आउनेछ । अक्षय कुमार, अजय देवगन, रणवीर सिंह, कटरीना कैफ जस्ता बलिउड सुपरस्टारहरुले एकसाथ अभिनय गरेको यो फिल्मको नेपालमा समेत लामो समयदेखि प्रतिक्षा भइरहेको छ ।
तिहारमा ‘सूर्यवंशी’ रिलिज हुने भएपछि वितरक तथा निर्माता सुशील पोखरेलले अब नेपाली फिल्म क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् । जबकि, अरु बेला उनी बलिउड फिल्मका विरोधी हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-