काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो मात्रामा ड्रोनको प्रयोग गरिरहेको छ । यी ड्रोनहरु त्यहाँ भारतीय सेनाका चौकीहरु नजिकै उडिरहेका छन् । आधिकारिक सूत्रले समाचार एजेन्सी एएनआइलाई बताएअनुसार चिनियाँ सेनाका डोनको गतिविधि धेरैजसो दौलत बेग ओल्डी सेक्टर, गोगरा हाइट्स र क्षेत्रका अन्य स्थानहरुमा देखिएको छ ।
चीनका यी गतिविधिमा भारतीय सेनाले पनि निगरानी गरिरहेको बताएको छ । भारतीइ सेनाले पनि विभिन्न संसाधनको प्रयोग गरेर चीनका गतिविधिमाथि निगरानी गरिरहेको छ । सूत्रले भारतीय सेना निकै सतर्क भएको बताएको छ । भारतले पनि ठूलो संख्यामा ड्रोन थप गरेको र छिटै इजरायली ड्रोन तयार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
एलएसीको मौजुदा अवस्थाको बारेमा बताउँदै सूत्रले अब फ्रिक्सन प्वाइन्टको विवाद हल गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । सूत्रका अनुसार चीनले अहिले पनि सैनिकको लागि स्थायी संरचनाको निर्माण गरिरहेको छ र अस्थायी संरचनालाई स्थायी रुप दिँदैछ । पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा नजिकैका क्षेत्रमा तिब्बती गाउँहरुमा चीनले सैन्य शिविर बनाएको छ ।
चीनले यहाँ यी संरचनाहरु कंक्रिटको बनाइरहेको छ जसले चीन यो षेत्रमा सेनालाई लामो समयसम्म राख्न चाहन्छ भन्ने प्रस्ट पारेको छ । सूत्रका अनुसार गत वर्ष गलवान घाटीमा २ देशका सेनाबीच हिंस्रक झडप भएसँगै चीनले आफ्नो क्षेत्रमा काम सुरु गरेको थियो । चीनले यी क्षेत्रमा संरचनाहरु जाडोको मौसममा समेत सबै आवश्यकता पूरा हुनेगरी बनाइरहेको छ । यो क्षेत्र जाडो महिनामा बाक्लो हिउँ पर्ने क्षेत्र हो ।
प्रतिक्रिया लेख्नुहोस्:-