काठमाडौं। भारतको राजधानी दिल्लीको रोहिणी अदालतमा सुनुवाइका क्रममा इजलास कक्षभित्रै छिरेर मोस्ट वान्टेड डनलाई गोली हानेर मार्ने गुण्डाहरुको योजनाबारे खुलासा भएको छ । यसरी अदालतभित्र हतियारसहित छिरेका ४ मध्ये तीन जना अभियुक्तको योजना डन जितेन्द्र गोगीको हत्या गरेपछि त्यहीँ न्यायाधीशकै अगाडि आत्मसमर्पण गर्ने थियो ।
भारतीय अखबार टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार गोगीको हत्याको योजना केही दिन पहिले मात्र बनेको थियो । यो घटनामा संलग्न सुटरहरुलाई १५ सेप्टेम्बरमा मात्र दिल्लीको मंडोली जेलबाट बोलाइएको थियो । चारैजना आक्रमणकारीहरु एउटा मलमा भेट भएपछि अदालततर्फ गएका थिए । तर, चारैजना अदालतभित्र गएनन् किनकि २ जनासँग वकिलको जस्तो पोसाक थिएन ।
गएको शुक्रबार दिल्लीको रोहिणी अदालतमा वकिलको भेषमा आएका २ जनाले डन जितेन्द्र गोगीको गोली हानेर हत्या गरेका थिए । यसको जवाफमा गोगीको साथमा आएको स्पेसल फोर्सका जवानले दुवै आक्रमणकारीलाई मारिदिएका थिए । त्यसपछि अदालतबाहिर रहेका अन्य २ अभियुक्त त्यहाँबाट फरार भए ।
पुलिसले शनिबार उमंग नामका आक्रमणकारी र उनीहरुको लागि वकिलजस्तो कपडाको व्यवस्था गरिदिने विनयलाई पक्राउ गरेको छ । उमंगको साथमा भएका अर्का एक आक्रमणकारी फरार छन् । गिरफ्तारीपछि उमंगले बताएअनुसार उनलाई टिल्लु राजपुरियाले गोगीको हत्याको सुपारी दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-