तत्कालीन कर फछ्र्योट आयोगका सदस्य–सचिव चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ । ‘उपस्थित हुने निवेदन’हालेर अदालतमा हाजिर भएका शर्मालाई विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर उनी छुटेका छन् ।
कर फछ्र्योट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियारले उनिविरुद्ध मुद्दा दायर गरेको थियो । असार ९ मा आयोगले शर्मा सहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकाललाई पनि विपक्षी बनाएर मुद्धा दायर गरेको थियो । उनीहरुले कर फछ्र्योट आयोग ऐन–२०३३ अनुसार राम्रो नियत नराखी गलत नियतले काम गरेको अख्तियारले आफ्नो अभियोग पत्रमा जिकिर गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-