एघार वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आइटी एण्ड इ–कमर्समा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई युनिभर्सिटीले सतप्रतिशत छात्रवृत्ति दिने भएको छ। सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको छ।
स्नातक तहको पहिलो वर्षको ४ लाख ५० हजार बराबरको छात्रावृत्ति ५ जनालाई प्रदान गरिने कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए। प्लस टुको रिजल्ट, अतिरिक्त क्रियाकलाप, अनुशासन, सामाजिकपन आदिलाई मूल्याकंन गरी विद्यार्थी छनोट गरिने पौडेलले बताए। साथै, कलेजले हरेक ब्याचका २ सय विद्यार्थीबाट जना ५१ जनालाई २५ प्रतिशतदेखि सतप्रतिशत छात्रवृत्ति दिने बताइएको छ।
कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ। कलेजको पढाइ सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकून् भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।
आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रूपैयाँसम्म अनुदान दिने श्रेष्ठले बताए।
इनोभेसन हबमा कम्प्युटर, थ्रिडी प्रिन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोसलगायत परियोजनाको आवश्यकता अनुसारको उपकरण सुविधा भएको कलेज प्रमुख प्रमोद पौडेलले बताए।
इनोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरी थप अवसर दिलाइने बताइएको छ।
कलेजले औपचारिक अध्यापनबाहेक सिस्को सर्टिफाइड कोर्स, सर्टिफाइड एथिकल ह्याकिंग कोर्स, आइबिएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आइटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत सञ्चालन गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-