काठमाडौं । टिकटकको मुख्य कम्पनी बाइटडान्सले विश्वव्यापी प्रयोगकर्तालाई लक्षित गर्दै ई-कमर्स एप सार्वजनिक गर्ने तयारी गरेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार बाइटडान्सले आउँदो अक्टोबरमा उक्त सेवा विश्वव्यापी रुपमा सार्वजनिक गर्नेछ । त्यसका लागि कम्पनीले छुट्टै टिम खडा गरी काम गरिरहेको छ ।
हाल चीनमा अलिबाबाको प्रभुत्व छ । बाइटडान्सले अलिबाबाको बिजनेश-टु-बिजनेश मार्केटप्लेस अलिएक्सप्रेससँग प्रतिस्पर्धा गर्ने गरी तयारी गरिरहेको जनाइएको छ ।
अलिएक्सप्रसेले चिनियाँ उत्पादन विश्व बजारमा उपलब्ध गराउँदै आएको छ । जसको पहुँच हाल विश्वका दुई सय भन्दा बढी देशका १५ करोड बढी प्रयोगकर्तासामु पुगेको छ । अलिएक्सप्रेसले लिएको उक्त बजारमा प्रवेश गरी चुनौती दिने बाइटडान्सकाे याेजना छ ।
प्रतिक्रिया लेख्नुहोस्:-