बीबीसी । पूर्व विदेश मन्त्री फुमिओ किशिदा, जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई नेतृत्व गर्नमा चुनिएका छन् जसले उनलाई जापानका भावि प्रधानमन्त्री बनाइदिएको छ ।
यसअघि पद छाड्ने निर्णय गरेका प्रधानमन्त्री योसिहिदे सुगाको स्थान अब किशिदाले लिनेछन् । प्रधानमन्त्रीका रुपमा किशिदाको पहिलो जिम्मेवारी भनेको एलडीपी पार्टीलाई आगामी निर्वाचनमा जित दिलाउनु हुनेछ ।
टोकियो ओलम्पिक्स पश्चात् पार्टीको लोकप्रियतामा अधिक कमी आएको पाइएको छ । पूर्व विदेश मन्त्री रहिरसकेका किशिदाले सबैभन्दा लोकप्रिय उमेदवार मानिएका तारो कोनोलाई हराउँदै पार्टी नेतृत्वकर्ता बनेका हुन् । संसदमा एलडीपीको बुहमत भएकाले किशिदा नै अबका नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भइसकेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-