के तपाईँले तिर्नुभएको शुल्क अनुसारको इन्टरनेट स्पीड पाइरहनु भएको छ? तपाईँले यो कुरा निर्क्योल कसरी गर्नुहुन्छ? कतिपय बेला इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको स्पीड स्लो भएको छ कि छैन भनेर फोन गर्छन् अथवा हामी आफैं गुनासोसहित फोन गर्छाैं। त्यसपछि उनीहरुले यसको कारण पत्ता लगाउने कोशिस गर्छन्।
यदि यस्तो समस्या भइरहेमा आफ्नो वाइफाइ इन्टरनेटको स्पीड बेला बेला चेक गरिरहनु राम्रो हुन्छ। इन्टरनेट स्पीड चेक गर्ने थुप्रै एप्लिकेशनहरु उपलब्ध छन् जसमध्ये भरपर्दा पाँच एपहरुको तल चर्चा गरिन्छ।
१. ऊक्लाको स्पीडटेस्ट
यो सफ्टवयर एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ। आईओएसले तेस्रो पक्षका एपहरुलाई धेरै प्राथमिकता नदिने भएकाले यो एप भरपर्दो भएकैले एप्पलको स्टोरमा पनि उपलब्ध भएको आकलन गर्न सकिन्छ।
यो एपले राम्ररी काम गर्नका लागि तपाईँको स्मार्टफोनमा लोकेशन तथा अन्य पर्मिसनहरु इनेबल गरिएको हुनुपर्छ। यूज़रले यसके डेस्कटप ब्राउज़र भर्सन पनि प्रयोग गर्न सक्छन्।
२. स्पीडटेस्ट मास्टर
स्पीडटेस्ट मास्टर एन्ड्रोइड डिभाइसमा इन्टरनेट स्पीड टेस्ट गर्नका लागि बनाइएकोफ एउटा सफ्टवयर हो। यसले होमपेज डिस्प्लेमा डाउनलोड तथा अपलोड स्पीड देखाउँछ तर यसमा इन-एप विज्ञापन पनि आउने गर्छ। यसले फोरजी, फाइभजी, डीएसएल तथा एडीएसएलको स्पीड जाँच गर्ने क्षमता राख्छ। कम्पनीका अनुसार स्पीडटेस्ट मास्टरले वाइफाइ एनालाइजरका रुपमा पनि काम गर्न सक्नेछ।
३. मेटेअर
मेटेअर एउटा विज्ञापनरहित इन्टरनेट स्पीड टेस्ट टू हो जसको प्रयोग थ्रीजी, फोरजी एलटीई तथा फाइभजी मोबाइल नेटवर्क कनेक्शनको स्पीड तथा वाइफाइको स्पीड जाँच गर्नका लागि गरिन्छ।
यूज़रले यो एपलाई विभिन्न एपहरुको प्रदर्शन के कस्तो रहेको छ भन्ने जानकारी पाउनका लागि पनि प्रयोग गर्न सक्छन्। यसबाट उनीहरुले आफ्नो कनेक्शनमा उपलब्ध स्पीडबाट के के सम्म गर्न सकिन्छ भन्ने थाहा पाउन सक्छन्।
४. इन्टरनेट स्पीड टेस्ट मिटर
‘टेस्ट स्पीड इन्टरनेट एन्ड नेट मिटर’ को यो एप एउटा कलरफुल इन्टरफे भएको इन्टरनेटको स्पीड जाँच गर्ने सफ्टवयर हो। यसले फोनमा वाइफाइको डाउनलोड र अपलोड स्पीड देखाउँछ। यूज़रले आफ्नो आवश्यकता अनुसार डार्क वा लाइट मोड प्रयोग गर्न सक्छन्। यो झट्ट हेर्दा मेटेअर जस्तै छ। तर कम स्टोरेज र र्याम कन्फ़िगरेशन भएका फोनमा स्पीडटेस्ट मास्टर लाइटको प्रयोग गर्न सकिन्छ। यसको साइज ३ एमबी मात्रै छ।
५. गूगल स्पीड टेस्ट
एप डाउनलोड नगरी आफ्नो इन्टरनेट कनेक्शन स्पीड चेक गर्न चाहनेहरुका लागि क्रोम ब्राउज़रमा गूगल स्पीड टेस्ट सर्च गरेर त्यसैमार्फत् चेक गर्नु हो।क्रोममा सर्च गर्दा सबैभन्दा माथि देखिने यो प्लेटफर्ममार्फत् यूज़रले अपलोड तथा डाउनलोड स्पीडका साथमा कनेक्शन टाइम पनि चेक गर्न सक्छन्।
प्रतिक्रिया लेख्नुहोस्:-