बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बलिउडको त्रासमा नेपाली चलचित्र

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
अशोज १६, २०७८ ०९;०३ बिहान प्रकाशित
बलिउडको त्रासमा नेपाली चलचित्र
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । अन्ततः नेपाली चलचित्रले हिन्दी चलचित्रसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । देशभरका सिनेमाघर नखुलेका कारण दसैँमा रिलिज नहुने चलचित्रले ठूलो ब्यानरका हिन्दी चलचित्रसँगै प्रतिस्पर्धा गर्ने भएका हुन् ।

हिन्दी चलचित्र ‘सूर्यवंशी’बाट प्रतिस्पर्धा सुरु हुनेछ । यो चलचित्र तिहारमा रिलिज हुनेछ । नेपाली फिल्ममेकरहरू पनि तिहारबाट फिल्म रिलिज गर्ने मनस्थितिमा छन् । तिहारका लागि ‘चपली हाइट–३’ निर्माता अर्जुनकुमार र ‘चिसो मान्छे’ निर्देशक दीपेन्द्र के खनाल तिहारमा आफ्नो चलचित्र रिलिज गर्ने मनस्थितिमा छन् । यद्यपि, अन्तिम टुंगोमा उनीहरू पनि पुगिसकेका छैनन् ।

बलिउडबाट ठूला चलचित्र रिलिज भएपछि मात्रै आफ्नो चलचित्र रिलिज गर्ने निर्माताहरूले पहिलो लकडाउनपछिदेखि नै बताउँदै आएका छन् । बलिउडबाट आएका चलचित्रमा दर्शकको ‘फ्लो’ हेरेर मात्रै आफ्नो चलचित्र रिलिज गर्ने पक्षमा निर्माताहरू छन् । दर्शक हलसम्म चलचित्र हेर्न जान्छन् कि जाँदैनन् यकिन भएपछि मात्रै आफ्नो चलचित्र रिलिज गर्ने स्वयं निर्माताहरू बताउँछन् ।

नेपाली चलचित्र रिलिज गर्न पनि बलिउडकै बाटो हेरिएको अहिलेको अवस्थाप्रति कलाकार तथा निर्माता दीपकराज गिरी असन्तुष्ट छन् । दसैँमा रिलिजका लागि तयारी गरेका चलचित्र रिलिज गर्ने आँट मेकरले गर्नुपर्ने उनको धारणा छ । “अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो,” दीपकराज गिरी भन्छन्, “कमसेकम दसैँमा रिलिज गर्ने डेट तोकेर तयार भएर बसेका साथीहरूले त अाँट गर्नुपर्ने थियो नि ! सहज हुँदा एकापसमा भिड्ने अप्ठेरो बेला चाहिँ… ।”

बलिउडमा रोकिएर बसेका ठूला स्टारका चलचित्र अब आउने हुँदा ती चलचित्रको सामना नेपाली चलचित्रले गर्नुपर्नेछ । यो दसैँमा नेपाली चलचित्र प्रदर्शनमा आएका भए नेपाली बजार एकलौटी ओगट्न सक्थे । तर, दर्शक हल आउँछन् वा आउँदैनन् भन्ने निश्चित नहुँदाको रिस्क लिन निर्माताहरूले चाहेनन् ।

नेपाली निर्माताहरूको सधैँभरिको गुनासो नेपाली प्रदर्शकले नेपाली चलचित्रभन्दा हिन्दी चलचित्रलाई प्राथमिकता दिए भन्ने छ । तर, काठमाडौंमा खुलेका हलमा पनि ५० प्रतिशतको मात्रै अकुपेन्सी र देशभर हल नखुल्दा नेपाली मेकरले रिलिजको आँट गरेनन् । प्रदर्शकसँग ‘एमजी’ माग गरेका उनीहरूले त्यो पनि नपाएपछि पछि हटे ।

मल्टिप्लेक्समा नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्रलाई धेरै शो दिने गरिएको निर्माताहरूले गुनासो गर्दै आएका छन् । सिंगल थिएटरमा भने नेपाली चलचित्र नै धेरै लाग्दै आएका छन् । तिहारमा पनि नेपाली चलचित्र प्रदर्शन नभएर हिन्दी चलचित्र मात्रै रिलिज हुने र यो क्रम केही समय लम्बियो भने नेपाली चलचित्र मात्रै प्रदर्शन हुने ठाउँमा पनि हिन्दी चलचित्र हेर्ने बानी बस्न सक्ने डर रहेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् ।

“नेपालका कतिपय ठाउँमा अझै पनि यस्ता सिंगल थिएटर छन्, जहाँ नेपाली चलचित्र मात्रै हेरिन्छ । तर, अब नेपाली सिनेमा रिलिज नभएर त्यहाँ पनि केही समय हिन्दी चलचित्र रिलिज भए भने ती ठाउँमा पनि हिन्दी सिनेमाको लत लाग्ने हो कि भन्ने डर पनि छ,” दीपेन्द्र भन्छन् ।

नेपाली प्रदर्शक र वितरक नेपाली चलचित्रको उन्नयनका लागि भन्दा पनि व्यापारमुखी भएको निर्देशक मनोज पण्डित बताउँछन् । दुई वर्षदेखि सिनेमा हलको आम्दानी शून्य हुनु नेपाली मेकरका लागि यो वर्ष थप चुनौतीपूर्ण रहेको संकेत गरेको उनी बताउँछन् ।

“नेपाली चलचित्रको विकासका लागि नेपाली वितरक र मेकर कहिले पनि चिन्तित छैनन् । उनीहरू खासमा बलिउड सिनेमाका वितरक हुन्,” मनोज भन्छन्, “त्यसैले यो डेढ वर्षदेखि हल बन्द हुँदाको घाटा पूर्ति गर्नमा उनीहरू यो वर्ष केन्द्रित हुनेछन् । यसको प्रत्यक्ष मारमा नेपाली चलचित्र पर्नेछन् । हरेक दुई हप्तामा यो वर्षभरि हिन्दी सिनेमा आउँछन् । ती सिनेमाको चेपुवामा नेपाली सिनेमा पर्नेछन् ।”

ठूलो ब्यानरका हिन्दी चलचित्र नेपालमा आउँदा नेपाली सिनेमाले कहिले पनि व्यापार नगरेको उनी बताउँछन् । नेपाली चलचित्रको राम्रो कलेक्सन बलिउडका ठूला सिनेमा नआउँदा मात्रै भएको उनको दाबी छ । नेपाली वितरक र मेकरका लागि नेपाली चलचित्र बलिउड र हलिउडका ठूला चलचित्रबीचको ‘फिलर’ मात्रै भएको उनको टिप्पणी छ ।

“यो वर्ष पनि नेपाली चलचित्र त्रासमै हुनेछन् । जसरी राजनीतिमा भारतलाई बिग ब्रदर भनिन्छ, सिनेमामा पनि कलिउडका लागि बलिउड बिग ब्रदरका रूपमा रहेको छ,” मनोज भन्छन्, “पोखरीको ठूलो माछाले सानो माछालाई खान्छ । चलचित्रको सवालमा पनि त्यस्तै नै हो । यो वर्ष पनि नेपाली चलचित्रले बलिउड फिल्मको क्यालेन्डर हेरेर आफ्नो चलचित्रको रिलिज डेट तय गर्नुपर्नेछ ।”

दुई वर्ष अगाडि बनेका चलचित्र अहिलेको समयका लागि कति सान्दर्भिक छन् भन्ने कुराले दर्शकलाई अपिल गर्ने भएकाले यसले पनि बजार निर्धारण हुने मनोज बताउँछन् । आफ्नै कन्टेन्ट र त्यसको सान्दर्भिकतालाई लिएर मेकर स्वयं मनोवैज्ञानिक द्वन्द्वमा रहेको मनोजको दाबी छ ।

“दुई वर्ष अगाडिका लागि बनेको चलचित्र त्यही समयका लागि थियो । त्यही समयका दर्शकको चाह र मनोविज्ञानलाई केन्द्रित गरेर बनाइएको थियो,” उनी भन्छन्, “दुई वर्ष अगाडि बनेका मध्ये धेरै चलचित्र पुराना भइसकेका छन् । मेरो चलचित्र अहिलेका लागि ठिक छ कि छैन भन्ने कुराले मेकेर आफैँ पनि कमजोर मनोविज्ञान बोकेर हिँडिरहेका छन् ।” मेकरहरू आफू बजारमा असुरक्षित छु भन्ने मनोविज्ञान पालेर बसिरहेको मनोज बताउँछन् ।

“म अरूको होइन, आफ्नै कुरा गर्छु । मेरो चलचित्र एकको कलरमा मलाई नै अहिले चित्त बुझिरहेको छैन । त्यसैले म अहिले म्युजिकको कलर चेन्ज गरिरहेको छु,” मनोज आफ्नै चलचित्र ‘एक’को उदाहरण दिँदै भन्छन्, “मेराभन्दा पनि धेरै पुराना चलचित्र लिएर धेरै मेकर बसिरहनुभएको छ । यसले पनि प्रतिस्पर्धी बजारमा ठूलो असर पार्छ ।”

बलिउडका ठूला चलचित्र आउँदा नेपाली कन्टेन्ट बलियो नहुँदा त्यसको प्रत्यक्ष प्रभाव हलमा देखिने उनको बुझाइ छ । बलिउड स्टारका चलचित्र आउँदा शो बाँडिने भएपछि नेपाली चलचित्र पछि हट्ने गरेका छन् । तर, यो वर्ष भारतका ठूला चलचित्र नियमित रूपमा वर्षैभरि आउँदै छन् भने नेपालमा दुई वर्षदेखि निर्माण सम्पन्न भएर बसेका चलचित्र छन् । त्यसले बलिउडको त्रास यो वर्षैभर नेपाली मेकरले व्यहोर्नुपर्नेछ । पाँच दर्जन नेपाली चलचित्र निर्माण सकेर बसेका छन् । यो समाचार बाह्रखरी मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!