लण्डन । पछिल्लो समय पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै बेलायतमा सेनाले आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेको बीबीसीले जनाएको छ ।
२ सय भन्दा बढी सेना तथा सशस्त्र बलका कर्मचारीले इन्धन आपूर्ति थालेको बताइएको छ । पछिल्ला हप्ताहरुमा चालकको अभावमा इन्धन आपूर्तिमा अवरोध भएपछि बेलायतमा पेट्रोल पम्पहरुमा लामो लाइन हुने गरेको थियो ।
बेलायतमा करिब आठ हजार पेट्रोल पम्प स्टेशनमध्ये करिब एक तिहाइमा मात्र इन्धन उपलब्ध हुँदै आएको छ । आपूर्ति सहज बनाउन सरकारले १५० भन्दा बढी सेनाका ट्यांकरलाई तालिम दिएको बताएपनि आपूर्ति अझै सहज नभएको अधिकारीहरुले जनाएका छन् ।
पर्यापत इन्धन मौज्दात रहेपनि चालकहरु अनावश्यक मौज्दात गर्न खोज्दा कृतिम अभाव देखिएको सरकारी अधिकारीहरुको दावी छ । यस्तै ढुवानी चालकहरुको अभाव हुँदा समयमा इन्धन पु¥याउन समस्या भएको छ ।
रक्षा सचिव बेल वालेसले आवश्यकता अनुसार सेनाका ट्यांकर चालकलाई तालिम दिइएकाले यसै हप्ताभित्र आपूर्ति व्यवस्था सहज बनाउने बताए । सरकारले तीन सय भन्दा बढी कर्मचारीलाई इन्धन आपूर्तिका लागि अस्थायी रुपमा काम गर्न अनुमति दिएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-