ताइपेई: चीनले दुई दिनको अन्तरालतमा ७७ वटा लडाकु विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको दाबी ताइवानले गरेको छ । शुक्रबार र शनिबार गरी दुई दिनमा चीनले सो संख्यामा लडाकु विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको दाबी ताइवानले गरेको हो ।
ताइवानको मिनिस्ट्री अफ नेसनल डिफेन्सका अनुसार शनिबार रातिसम्म ३९ वटा चिनियाँ सैन्य विमानले ताइवानको रक्षा क्षेत्रमा प्रवेश गरेका छन् । त्यसअघि शुक्रबार रातिसम्म चीनले ३८ वटा सैन्य विमान ताइवानको रक्षा क्षेत्रमा पठाएको थियो ।
गतवर्षको तुलनामा चीनले यसवर्ष आफ्नो क्षेत्रमा सैन्य गतिविधि बढाएको भन्दै ताइवानले आपत्ति समेत जनाउँदै आएको छ । यता चीनले आफ्नो ७२ औं राष्ट्रिय गणतन्त्र स्थापनाको अवसरमा शुक्रबार सैन्य अभ्यासका लागि ३८ लडाकु विमान ताइवान क्षेत्रमा पुर्याएको बताएको थियो । जसलाई चीनले नयाँ रेकर्ड कायम गरेको बताएको थियो ।
लडाकु विमान ताइवानको रक्षा क्षेत्रमा पठाएकोबारे चीनले पछिल्लो समय कुनै प्रतिक्रिया नजनाएको सीएनएनमा समाचार छ । करिब ७ दशक अघिको गृह युद्धपछि चीनबाट स्वतन्त्र बनेको ताइवानले चीनको पछिल्लो गतिविधिप्रति आपत्ति जनाउँदै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-