फेसबुकले प्रयोगकर्ताहरुलाई आफ्नो फेसबुक पेजमा कुनै पनि पोस्टलाई आफ्नो इच्छा अनुसारको मितिमा प्रकाशित गर्ने सुविधा प्रदान गरेको छ । जसअनुसार तपाईंले आफूले विगतमा गरेको पोस्टको मिति परिवर्तन गर्न सक्नुहुन्छ भने अहिले गर्दै गरेको नयाँ पोस्टको मिति पनि ब्याकडेटमा लैजान सक्नुहुन्छ ।
फेसबुक पेजको पोस्टलाई ब्याकडेटमा लैजानका लागि तपाईंले तल दिइएको उपाय अपनाउन सक्नुहुन्छ ।
यसअघि गरिसकेको पोस्टको मिति परिवर्तन गर्नका लागि :
फेसबुक पेज लगइन गरी News Feed मा रहेको Pages आइकनमा क्लिक गर्नुहोस्
आफ्नो फेसबुक पेजमा जानुहोस्
तपाईंको पेजको टाइमलाइनमा रहेको मिति परिवर्तन गर्न खोजेको पोस्टमा जानुहोस्
उक्त पोस्टको दायाँ माथिको भागमा रहेको तिनवटा थोप्लाको आइकनमा क्लिक गर्नुहोस
Change date नामक अप्सन क्लिक गरी आफ्नो पूरानो पोस्टको वर्ष, महिना, गते तथा समय समेत छनोट गर्नुहोस्
Save मा क्लिक गर्नुहोस्
यसमा तपाईंले आफ्नो पूरानो पोस्टलाई अधिकतम सन् १९०५ जनवरी १ को मितिसम्म राख्न सक्नुहुन्छ । तर पुरानो मितिलाई नयाँ मितिमा राख्न भने सकिँदैन । साथै बुस्ट गरिएको पोस्टमा पनि मिति परिवर्तन गर्न सकिँदैन ।
नयाँ पोस्टलाई कसरी पूरानो मिति अर्थात् ब्याकडेटमा राख्ने
न्युज फिडबाट Pages अप्सनमा क्लिक गर्नुहोस्
आफ्नो पेजमा जानुहोस् र Publishing tools मा क्लिक गर्नुहोस्
+Create मा क्लिक गरी Share now मा क्लिक गर्नुहोस् । ड्रपडाउनबाट Backdate अप्सन छनोट गर्नुहोस् ।
आफूले गर्न लागेको पोस्ट टाइमलाइनमा देखिने वर्ष, महिना तथा दिन तय गर्नुहोस्
त्यसपछि Backdate मा क्लिक गरी Schedule post मा क्लिक गर्नुहोस्
तपाईंले आफ्ना पोस्टहरु तपाईंको पेज खोल्नुभन्दा अगाडिको मितिमा सेड्युल गर्न सक्नुहुन्न ।
प्रतिक्रिया लेख्नुहोस्:-