बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इन्टरनेटको तार नकाट्न विद्युत् प्राधिकरणलाई ऊर्जा मन्त्रालयको निर्देशन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
अशोज १८, २०७८ १४;०१ मध्यान्ह प्रकाशित
इन्टरनेटको तार नकाट्न विद्युत् प्राधिकरणलाई ऊर्जा मन्त्रालयको निर्देशन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले इन्टरनेटको तार नकाट्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्री पम्फा भुसालसहित मन्त्रालयमा बसेको सरोकारवाला बैठकले प्राधिकरणलाई इन्टरनेटको तार नकाट्न निर्देशन दिने निर्णय गरेको हो । आफूले बढाए अनुसारको पोल भाडा नतिरेको भन्दै विद्युत् प्राधिकरणले शनिवार देशका विभिन्न स्थानमा इन्टरनेट अवरुद्ध हुने गरी तार काटेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता विनोद सिंहका अनुसार बैठकमा ऊर्जा मन्त्री भुसालसहित, सञ्चार सचिव वैकुण्ठ अर्याल, ऊर्जा मन्त्रालयका प्रतिनिधि, विद्युत् प्राधिकरणका प्रतिनिधि, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमका प्रतिनिधि उपस्थिति थिए ।

बैठकले प्राधिकरणलाई तार नकाट्न निर्देशन दिने सहित प्राधिकरणको पोल प्रयोग गरी सेवा विस्तार गरेका तर सम्झौता नगरेका इन्टरनेट सेवा प्रदायकलाई कात्तिकभित्र सम्झौता गर्न आउने समय दिने निर्णय पनि गरेको छ ।

‘प्राधिकरणको पोल भाडा प्रयोग गरेको भए पनि भाडाको लागि सम्झौता नगरेका तथा नवीकरण नगरेका सेवा प्रदायकलाई कात्तिक मसान्तभित्र सम्झौता गर्ने समय दिने निर्णय भएको छ,’ बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सिंहले जानकारी दिए ।

योबाहेक, बैठकले सञ्चार मन्त्रालयका सहसचिव सिंहको संयोजकत्वमा अन्य सरोकारवाला सम्मिलित अध्ययन समिति पनि गठन गरेको छ । समितिले विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच अहिले सतहमा आएको पोल भाडा विवाद समाधानको लागि सरोकारवालासँग छलफल गरी समाधानको उपायसहितको प्रतिवेदन बुझाउनेछ ।

समितिलाई मङ्सिर १५ गतेसम्मको म्याद दिइएको छ । समितिमा ऊर्जा मन्त्रालयका एक सहसचिव, दूरसञ्चार प्राधिकरणका एक निर्देशक, नेपाल टेलिकमका एक प्रतिनिधि सदस्य रहनेछन् भने सञ्चार मन्त्रालयका एक उपसचिव सदस्य सचिव रहने छन् ।

आफूले बढाएको पोल भाडा नतिरे असोज १५ गतेदेखि इन्टरनेटको तार काट्ने भन्दै विद्युत् प्राधिकरणले सार्वजनिक सूचना समेत जारी गरेको थियो । विद्युत् प्राधिकरणले एकतर्फी रूपमा अस्वाभाविक रूपमा पोल भाडा वृद्धि गरेको भन्दै अधिकांश इन्टरनेट सेवा प्रदायकले भाडा नतिर्ने अडान लिँदै आएका छन् ।

प्राधिकरणले तार काट्ने भन्दै दिएको चेतावनी विरुद्ध आइतबार नै सर्वोच्च अदालतले विद्युत् प्राधिकरणको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!