बैदेशिक पोष्ट
२०८० अशोज ९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वेब सिरिजको बढ्दो क्रेज, नेपाल किन भयो कमजोर ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
कार्तिक ६, २०७८ २०;१६ मध्यान्ह प्रकाशित
वेब सिरिजको बढ्दो क्रेज, नेपाल किन भयो कमजोर ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । कोरोना भाइरसको महामारी अघि ओटीटी (ओभर दी टप) प्लेटफर्म विस्तारै उदाउँदै थिए । डिजिटल प्लेटफर्ममा सामग्री भएपनि दर्शकले त्यति चासो लिएका थिएनन् ।

तर कोरोना भाइरस संक्रमणपछि सिर्जित अवस्थाले ओटीटीमा रहेका सामग्रीले दर्शक पाए । घरमै बस्नुपर्ने भएपछि समय कटाउने साथी ओटीटीमा रहेका कन्टेनहरु बने ।

त्यसो त उक्त समयमा ओटीटीका विभिन्न सेवा प्रदायकहरुले आफ्नो सामग्रीकोे प्रचारप्रसार मात्र गरेनन् त्यसमा थप लगानी पनि गरे । हलका लागि बनाइएका धेरै फिल्म ओटीटी कै माध्यमबाट दर्शक समक्ष पुगे ।

डिज्नेको मुलान, डिसीको वन्डर वोमन १९८४, मार्भलको ब्ल्याक विडो, सलमान खानको राधेलगायत ठुला फिल्महरुसँगै कयौँ फिल्म डिजिटल प्लेटफर्ममा आए । त्यसपछि दर्शकको ध्यान त्यसतर्फ मोडियो ।

त्यसो त कोरोना भाइरसको महामारी अघि नै चर्चामा रहेका वेब सिरिजहरु मिर्जापुर, स्याक्रेड गेम्स, असुरलगायतले राम्रो दर्शक पाए । सिरिज प्रेमी दर्शकहरुले हेर्न सिफारिस गरेको भएपनि ‘वाच लिस्ट’मा रहेका यी सिरिजहरु अधिकांश दर्शकको प्रिय बन्न पुगे ।

फिचर फिल्ममा समयाभाव र सेन्सरका कारण खुम्चिने कथाहरुलाई सिरिजमा स्वतन्त्रतापूर्वक मेकरहरुले पस्किए । जसलाई दर्शकले मन पराए । कथा बुनिएको र तयार गरिएको सेटअप अनुसार पात्र चित्रित हुँदा दर्शकले उक्त सब फिल्म र सिरिजलाई महसुस गरे ।

यही कारण दर्शक माँझ सिरिजको क्रेज बढ्न थाल्यो । त्यसो त मेकर्सले सिरिजलाई फिल्मकै शैलीमा दर्शक माझ ल्याए । प्रकाश झाको सिरिज होस वा निरज पाण्डेको सिरिज, फिल्म भन्दा कम छैनन् ।

नेटफ्क्सि, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार लगायत ओटीटीको आफ्नै फिल्म बनाउने शर्तहरु छन् । यद्दपी भारतीय मेकर्सले दर्शकलाई आफ्नो शैलीमा कमी महसुस गर्न दिएनन् ।

एक अन्तर्वार्तामा निर्देशक निरज पाण्डेले सिरिजमा स्वतन्त्र भएर काम गर्न पाउने बताए । ‘यहाँ स्टार चाहिदैन तपाइँ आफ्नो पात्रलाई न्याय गर्न सक्ने अनुहार राखेर तयार गर्न सक्नु हुन्छ,’ निर्देशक पाण्डे भन्छन्, ‘मैले निर्देशन गरेको फिल्ममा कथाहरु माथि–माथि हुन्थे तर सिरिजमा हरेक पात्रको गहिराईमा पुगेर कथा भन्ने प्रयास गरेको छु ।’

उनले आफ्नो हिट सिरिज ‘स्पेसल ओप्स’ कै एक पात्र हिम्मत सिंहलाई लिएर ‘स्पेसल ओप्स १.५’ ल्याउँदै छन् । आउँदो नोभेम्बरमा रिलिज हुने सिरिजलाई हिम्मत सिंहको ‘स्पिन अफ’ भनिएको छ । उनले यो प्रयोग आफ्नो फिल्म ‘नाम शबाना’ मा गरिसकेका छन् ।

मेकर्सहरु सिरिजमा रिस्क कम देख्छन् । आफ्ना फिल्ममार्फत दर्शकको मन जितेकी जोया अख्तरले पनि ‘मेड इन हेवेन’ नामक सिरिज दर्शक समक्ष ल्याइन् । उनले चार विभिन्न जीवनको अन्तरकथासँगै हालको समाजको परिवेशलाई देखाउन सफल भइन् ।

सिरिजलाई हेर्ने अधिकांसले ‘हाइ सोसाइटीको कथा’ भनेका छन् । जोयाले यो कथामा आफुले फिल्म बनाउन नसक्ने बताएकी थिइन् । ‘मैले सिरिजमा देखाएको कथालाई फिल्ममा देखाउँदा रिस्क बढी हुन्थ्यो, तर सिरिजमा त्यसलाई स्वतन्त्र रुपमा देखाउन पाएँ,’ उनी थप्छिन्, ‘सिरिजले हाम्रो सोचलाई जस्ताको त्यस्तै पर्दामा देखाउने स्वतन्त्रता दिएको छ ।’

सिरिजको आकर्षण बढ्न थालेपछि चिनिएका अनुहारहरु पनि आकर्षित भएका छन् । माधुरी दीक्षित, रविना टन्डन, सैफ अली खान, अजय देवगन, बबी देओल, सुष्मिता सेन, सोनाक्षी सिन्हा, मनोज बाज्पायी, इमरान हासमी, अरशद बारसीलगायतका फिल्ममै व्यस्त अनुहारहरु पनि सिरिजमा आकर्षित छन् ।

यसले दर्शक बढाएको निर्देशक हंसल मेहता बताउँछन् । उनले निर्देशन गरेको सिरिज स्क्याम १९९२ दर्शकको प्रिय बनिसकेको छ । सन् १९९२ मा हर्सद मेहता घोटाला काण्डमा आधारित सिरिजले आइएमडीबीमा राम्रो रेटिङ पाएको छ ।

‘स्क्यामलाई दर्शकले एक अर्कामाँझ हेर्न आग्रह गरे अर्थात् माउथ पब्लिसिटीले सिरिज हिट भयो । तर, स्टार भएका भए अलि छिटै दर्शक माँझ पुग्थ्यो,’ निर्देशक मेहता भन्छन्, ‘पात्रलाई न्याय गर्ने स्टार वा सामान्य जो राख्दा पनि हुन्छ तर कन्टेन बलियो हुनुपर्छ किनकी स्टार भए छिटै दर्शक कहाँ पुग्छ, नयाँ अनुहार भए अलि ढिला ।’

भारतमा बनेका सिरिजहरुको कुरा गर्ने हो भने मिर्जापुर ३, असुर २, द फेमिली म्यान ३, बार्ड अफ ब्लड २, आश्रम ३ लगायतका सिरिज प्रतिक्षित छन् ।

नेपाल उपलव्धिवाट पछि

भारतमा ओटीटीले फड्को मार्दा पनि नेपालमा भने खासै उपलब्धि छैन । अहिले संचालनमा रहेका ओटीटीहरु दर्शक तान्ने असली सामग्री नहुनु नै दर्शकको आकर्षण कम भएको बुझ्न सकिन्छ ।

त्यसो त ओटीटीमा रहेका फिल्महरु हलमा चलिसकेका फिल्म नै छन् । यसैले गर्दा पनि दर्शक आकर्षित नभएका हुन सक्छन् । ‘सायद बजारले गर्दा होला ओटीटीले फिल्ममा राम्रो लगानी गर्न सकेन, त्यसकारण यहाँ हामी पछि भयौं,’ निर्देशक प्रदीप भट्टराई भन्छन् ।

बलिउड र हलिउडका फिल्महरु ओटीटीमा आएपनि नेपालको नआउनुमा लगानीकै अभाव देख्छन् निर्देशक पुर्नेन्दु झा । ‘ओटीटीमा आएको फिल्मलाई पाइरेसीको ठुलो खतरा छ, त्यसकारण राम्रो रकम नपाउँदासम्म मेकरहरु रिलिज गर्न तयार नभएका हुनसक्छन’, निर्देशक झा भन्छन्, ‘फिचर फिल्म नसकेता पनि वेब फिल्म र सिरिजमा लगानी गर्ने ओटीटी भए र दर्शकको मन जित्ने कन्टेन भए दर्शकले साथ दिनेछन् ।’

कोरोना भाइरसको महामारी अघि प्रदर्शनको तयारीमा रहेका पिल्महरु म यस्तो गीत गाउँछु २ , प्रेम गीत ३ , चपली हाइट ३, लक्का जवान, नीरफुललगायतका फिल्मलाई ओटीटीले आफ्नो प्लेटफर्ममा ल्याउन नसक्नु नै नेपालमा डिजिटल प्लेटफर्मको कमजोरी हो भन्छन् यस क्षेत्रका अनुभवी हरु ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!