काठमाडौं । पछिल्लो समय म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमो लगायतका ओटीटी सेवाको प्रयोग बढिरहेको छ । यसले विस्तारै दूरसञ्चार सेवाप्रदायकले उपलब्ध गराउने भ्वाइस कल सेवालाई विस्थापित गर्नसक्ने आँकलन गरिएको छ ।
यद्यपि दूरसञ्चार सेवाप्रदायकले उपलब्ध गराउने मोबाइल कलको प्रयोगमा कमी आएको छैन । हाल नेपालमा भ्वाइस कल सेवा उपलब्ध गराउनका लागि ६ वटा सेवाप्रदायकले अनुमति पाएका छन् ।तर, त्यसमध्ये तीन सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मात्रै सेवा उपलब्ध गराइरहेका छन् ।
यसरी सेवा उपलब्ध गराउनेमध्ये तीनवटै कम्पनीको भ्वाइस कलको दस्तुर भने फरक–फरक छ । सेवाप्रदायकले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट कल गर्दा लाग्ने दस्तुर स्वीकृत गराउनुपर्ने हुन्छ ।
प्राधिकरणबाट गत असार मसान्तसम्म सेवाप्रदायकले स्वीकृत गराएको भ्वाइस सेवाको दस्तुरका आधारमा कुन सेवाप्रदायकबाट कल गर्दा कति लाग्छ भन्ने विषयमा यहाँ जानकारी दिँदैछौं ।
नेपाल टेलिकम
टेलिकमबाट | टेलिकममा | प्रति मिनेट (रु.) |
प्रिपेड | टेलिकमका सबै नम्बरमा | १.५० |
पोस्टपेड | टेलिकमका सबै नम्बरमा (पिक आवर) | १.०० |
पोस्टपेड | टेलिकमका सबै नम्बरमा (अफ पिक आवर) | ०.५५ |
नेपाल टेलिकमबाट | एनसेलमा | प्रति मिनेट शुल्क (रु.) |
पीएसटीएन/जीएसएम पोस्टपेड/सीडीएमए पोस्टपेड | प्रिपेड/पोस्टपेड | १.५० |
जीएसएम प्रिपेड/ सीडीएमए प्रिपेड | प्रिपेड/पोस्टपेड | २.०० |
नेपाल टेलिकमबाट | स्मार्टमा प्रति मिनेट शुल्क (रु.) |
जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेड | २.०० |
पीएसटीएन/जीएसएम पोस्टपेड/सीडीएमए पोस्टपेड | १.५० |
एनसेल
एनसेलबाट | एनसेल | प्रति मिनेट (रु.) |
पोस्टपेड | प्रिपेड/पोस्टपेड | १.०० |
प्रिपेड | पोस्टपेड/प्रिपेड | १.९९ |
एनसेलबाट | टेलिकम | प्रति मिनेट (रु.) |
पोस्टपेड | टेलिकमका सबै नम्बरमा | १.२० |
प्रिपेड | टेलिकमका सबै नम्बरमा | १.९९ |
एनसेलबाट | स्मार्टमा प्रति मिनेट (रु.) |
पोस्टपेड | १.५० |
प्रिपेड | १.९९ |
स्मार्ट सेल
स्मार्टबाट | सबै नम्बरमा | प्रति मिनेट (रु.) |
स्मार्ट | स्मार्ट/टेलिकम/एनसेल सबै नम्बरमा | १.५० |
हुन त याे नियामक निकायबाट स्वीकृत गराइएकाे दस्तुर हो । सेवाप्रदायकले चाहेको खण्डमा नियामकबाट स्वीकृत गराएको भन्दा कम मूल्यमा सेवा दिनसक्ने प्रावधान छ ।
साथै पछिल्लाे समय सेवाप्रदायकले विभिन्न प्याक समेत उपलब्ध गराइरहेका छन् । त्यसरी उपलब्ध गराएकाे प्याक खरिद गरी कल गर्दा सेवा अझ सस्ताे हुने कम्पनीहरुकाे दाबी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-