बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मोबाइलबिना बस्नै नसक्ने भएका हौं त हामी ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
कार्तिक १४, २०७८ ०९;२९ बिहान प्रकाशित
मोबाइलबिना बस्नै नसक्ने भएका हौं त हामी ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी । हामीले हप्तामा कति दिन आफ्नो स्मार्टफोन घरमा छाडेका छौँ ? अधिकांशको जवाफ हुन्छ ‘कहिलै छैन’ ।

केही वर्ष अगाडिसम्म स्मार्टफोन सबैसँग हुँदैनथ्यो र फोन नचलाएर पनि हामी खुसीसाथ बाँचेका थियौँ । तर आश्चर्यजनक अहिले त्यो विश्वभरका अर्बौं मानिसहरुका लागि एकदम जरुरी उपकरण बनिसकेको छ । फोन गर्न या म्यासेज गर्न बाहेक यसले प्रदान गर्ने अन्य सेवा र विशेषगरी केही एप्सहरु हामीलाई नभइ नहुने बनिसकेका छन् ।

यदि केही वर्ष अगाडि कसैले हामीलाई एउटा पाइन्टको सानो खल्तीमा अटाउने डिभाइसबाट च्याट गर्न, फोटो राख्न, भिडियो हेर्न, आमने सामनो भिडियो कल गर्न सकिन्छ त्यो पनि निःशुल्क भनेको भए सायदै कसैले यसमा विश्वास गर्दथ्यो होला । तर फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, स्न्यापच्याट र ट्वीटरले यसलाई सम्भव पारे । आज यी एप्सहरु विश्वभर सबैभन्दा बढी चलाइने र डाउनलोड हुने एप्समा पर्दछन् ।

अहिलेका स्मार्टफोन कामका हिसाबले पनि अत्यन्तै उपयोगी बनेका छन् भने कतिपय अवस्थामा चाहिँ यसलाई अवरोधक पनि मानिएको छ । स्मार्टफोनप्रति मान्छेको निर्भरता यति धेरै बढिसकेको छ कि एकैछिन फोन साथमा नहुँदा मान्छेलाई के छुटेको जस्तो के नभएजस्तो अनौठो लाग्दछ ।

मान्छेमा फोन चलाउने कुनै काम नपरे पनि म्यासेज, ब्याट्रीलगायत चेक गरिरहने बानी भइसकेको छ । यति मात्र नभएर सुत्दा पनि फोन साथमै राखेर सुत्ने गरिन्छ । त्यसैले पछिल्लो समय केही मानिसहरु डिजिटल दुनियाँबाट मुक्त रहन स्मार्टफोन नबोक्ने निर्णय पनि गरिरहेका छन् ।

जस्तै एउटा घटनामा क्याम एडेरले आफ्नो जीवन नै अन्त्य हुने स्थिति आइसकेपछि मात्र अनलाइन भिडियो गेमप्रतिको आफ्नो लत नियन्त्रण बाहिर गइसकेको आभास गरे ।

उनी भन्छन्, “मैले यससँग १० वर्ष संघर्ष गरेँ । मैले स्कुल पनि छाडेँ, कहिल्यै कलेज गइनँ र परिवारलाई ठगेर जागिर खाएको नाटक मात्र गरेँ । यसपछि अन्ततः मैले सुसाइड नोट लेखेँ । अनि मात्र मलाई वास्तवमै मद्दतको आवश्यकता रहेको थाहा पाएँ । अहिले म मेरो गेमिङको लतबाट मुक्त छु ।”

यसरी प्रविधि र विशेषगरी इन्टरनेटप्रतिको लत दुनियाँभर गम्भीर बन्दै गएको छ । र कोरोना महामारीले यसलाई अझ उचाइमा पुर्‍याइदिएको छ । धेरै मानिसहरु अहिले मोबाइल छाड्नै नसक्ने, नचलाइ बस्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । फोनमा केही जरुरी नभए पनि यत्तिकै स्क्रोल गरिरहने, चलाइरहने बानी धेरैमा व्याप्त भएको देख्न सकिन्छ ।

महामारीमा मानिसहरु सामान्य अवस्था भन्दा धेरै गुणा बढी समय स्क्रिन हेरिरहेको विभिन्न रिपोर्टले देखाएका छन् । यसमा विशेषगरी युट्युबका धेरै कन्टेन्टहरु गेमिङसँग सम्बन्धित हुने गरेको पाइएको छ ।

धेरैले इन्टरनेट या मोबाइल ‘एडिक्सन’ लाई ड्रग्स या मदिराको लत जति गम्भीर रुपमा लिँदैनन् । तर वास्तविकतामा यो पनि उत्तिकै समस्याजनक र हानिकारक छ ।

न्युरो साइन्टिस्ट तथा डिजिटल एडिक्सनविद् डाक्टर एन्ड्रयु डोअनका अनुसार लकडाउनले इन्टरनेट र फोनप्रति लत लाग्ने समस्यालाई ठूलो रुपमा बढाइदिएको छ ।

उनी भन्छन्, “जीवनमा तनाव हुँदा यसले हाम्रो व्यवहारमा पनि उल्लेखनीय प्रभाव पार्दछ । जस्तै त्यो परिस्थितिमा व्यक्ति तनावपूर्ण वातावरणबाट उम्किन खोजिरहेको हुन्छ । र महामारीको समयमा मान्छेले सामाजिक सञ्जाल, गेमिङजस्ता माध्यमबाट आफूलाई मनोरञ्जन दिलाइरहेका थिए । तर पनि यस किसिमले तनावलाई कम गर्न वास्तविकताबाट उम्किने क्रम बढ्न थाल्यो भने यसैले ‘एडिक्सन’ को रुप लिन्छ ।”

इन्टरनेटको एडिक्सन कम गर्नका लागि प्राविधिक कम्पनीहरुले अनेकौँ उपाय लगाइरहेका छन् । तर कुनै उपाय पनि त्यति प्रभावकारी साबित भएको छैन ।

कतिपय मानिसहरुमा चाहिँ इन्टरनेट एडिक्सन बिस्तारै अनलाइन बेटिङ (बाजी) मा पनि परिणत हुन सक्छ जुन खतरनाक हुनेछ ।

अनलाइन प्लेटफर्महरु प्रायः हामीले बिताउने समय बढाउने किसिमले नै डिजाइन गरिएको हुन्छ । त्यसैले चाहेर नचाहेर मान्छेले निर्धारित गरेको भन्दा बढी समय यसमा बिताउँदछ ।

भिडियो गेमको लत सम्बन्धी विज्ञ डाक्टर डोआन कुनैबेला आफैँ यसको शिकार बनेका थिए । उनी भन्छन्, “जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनमा पढ्दै गर्दा मैले दश वर्षसम्म हरेक हप्ता ८० देखि १०० घण्टासम्म भिडियो गेम खेल्थेँ ।”

उनका अनुसार अत्याधिक रुपमा गेमिङ, पोर्नाग्राफी र काम भन्दा बाहेक सामाजिक सञ्जालको प्रयोग गर्नुले नै मान्छेमा लत लाग्ने व्यवहार उत्पन्न गराउँछ । मान्छेले दैनिक यी गतिविधिलाई स्ट्रेसबाट छुटकारा पाउने माध्यम बनाइराखेमा यसको नराम्ररी लत लाग्दछ ।

लतबाट मुक्त हुने सबैभन्दा राम्रो उपाय भनेको स्मार्टफोन हामीले चाहेको बेलामा मात्र चलाउने अर्थात् फोनलाई हामीलाई नियन्त्रण गर्न नदिने भएको उनले बताए । बीबीसी र डिजिटल कर्नरबाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!