प्योङयोङ । पहिले नै भोकमरीबाट गुज्रिरहेका आफ्ना नागरिकहरुलाई उत्तर कोरियाले अबका केही वर्षसम्म कम खान भनेको छ ।
कोरोना महामारीका कारण चीनसँगको सिमाना बन्द गरेको प्योङयोङले सिमाना खुलाउने सम्भावना २०२५ सम्म एकदम कम रहेको बताएको छ । यसले दुईदेश बीचको व्यापार ठप्प पारिदिएको छ र २ करोड ५० लाख जनतालाई संकटमा पारेको हो जो पहिलै भोकमरीबाट गुजिूरहेका थिए । खाद्य सामग्रीहरुको मूल्य आकाशिदा
उत्तरपश्चिम सिमाका एक अज्ञात वासिन्दाले भनेका छन्, “खाद्य स्थिति अहिले नै आपत्कालीन अवस्थामा पुगिसकेको छ । मानिसहरु अभावलाई लिएर धेरै संघर्ष गरिरहेका छन् । यस्तोमा सरकारी निकायले नै २०२५ सम्म खाद्य संरक्षण आवश्यक रहेकाले कम खान भनेपछि जनताका लागि झन पीडादायी बनेको छ । ”
यता उत्तर कोरियाली प्रमुख किम जोङ उन आफू पनि पछिल्ला केही महिना दुब्ला देखिएका छन् । दक्षिण कोरियाली खुफीया एजेन्सीका अनुसार उनले २० किलो तौल गुमाएका छन् तर स्वस्थ अवस्थामै रहेको बिहिबारको रिपोर्टमा जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-