काठमाडौं। बलिउड अभिनेता शाहरुख खानको घरमा आज उत्सव मनाइँदैछ । आज शाहरुख खानको जन्मदिन हो । यही समयमा अहिले दिवालीको उत्सव पनि परेको छ । सबैभन्दा ठूलो कुरा त एक महिनासम्म जेलमा रहेका शाहरुखका छोरा आर्यन खान धरौटीमा छुटेर घर आएका छन् । यस्तोमा शाहरुख खानको घर मन्नतलाई झकिझकाउ पारिएको छ । घरलाई सयौं दियोहरु र अन्य लाइटहरुले झलमल्ल पारिएको छ । आज शाहरुख ५६ वर्षका भए ।
पछिल्ला केही हप्ता खान परिवारको लागि ठिक थिएनन् । आर्यन खानको जमानतको लागि यो परिवार धेरै संघर्षमा रह्यो । तर, आर्यनले पिताको जन्मदिनको ठिक अगाडि धरौटीमा रिहा हुन पाए । अब उनी दिवाली र पिताको जन्मदिनमा पिताको साथमा हुनेछन् । यही बीचमा शाहरुखकी छोरी सुहाना पनि न्यूयोर्कबाट भारत आएकी छिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-