१६ कात्तिक, काठमाडौं । पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको बलिउड अभिनेता अनुपम खेरले लिने भएका छन् ।
आरती नाम गरेकी ती बालिकालाई हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आएको बेला गत साता पशुपतिनाथ मन्दिर परिसरमा भेटेका थिए । मंलबार एक ट्वीट गर्दै अनुपमले भारतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका छन् ।
ती बालिकाले आफू स्कुल जान चाहेको, तर पैसा नभएको बताएको अनुपमले उल्लेख गरेका छन् । बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी आफूले लिने उनले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-