बैदेशिक पोष्ट
२०८२ फाल्गुन २७, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियन नागरिकलाई सिंगापुरले फाँसी दिन लागेपछि विश्वब्यापी रुपमा तरंग उत्पन्न।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
कार्तिक २२, २०७८ ०९;१८ बिहान प्रकाशित
मलेसियन नागरिकलाई सिंगापुरले फाँसी दिन लागेपछि विश्वब्यापी रुपमा तरंग उत्पन्न।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्वालालम्पुर (मलेसिया):= लागुऔषध हेरोइन तस्करी गरेको भन्दै बाह्र वर्षदेखि जेलमा रहेका एक मलेसियन नागरिकलाई सिंगापुरले अर्को साता मृत्युदण्ड दिने भएको छ। मानवअधिकारकर्मीहरूले उक्त मृत्युदण्ड रद्द गर्न सिंगापुर सरकारसँग आग्रह गरेका छन्।

३३ वर्षका नागेनथ्रन धर्मलिंगम सन् २००९ मा पक्राउ परेका थिए। साढे एक औंस अर्थात् ४२ ग्रामभन्दा बढी हेरोइन तिघ्रामा बाँधेर मलेसियाबाट सिंगापुर प्रवेश गर्न खोजेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो। धर्मलिंगमलाई आउँदो बुधबार फाँसी दिने तय भएको छ।

मृत्युदण्डको दिन नजिकिएसँगै मलेसियामा विरोध प्रदर्शन सुरू भएको छ। मृत्युदण्ड खारेज गरिपाऊँ भन्दै अनलाइनमार्फत् हस्ताक्षर संकलन भइरहेको छ। अहिलेसम्म ५२ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन्।

धर्मलिंगमलाई सुनाइएको मृत्युदण्डबाट सिंगापुरको न्यायिक प्रणाली बौद्धिक रूपले अक्षम व्यक्तिहरूको सुरक्षा र हित संरक्षण गर्न असफल छ भन्ने देखाउँछ,’ अनलाइन याचिकामा भनिएको छ। सिंगापुर सरकारले अदालती निर्णयको बचाउ गर्दै मलेसियन नागरिक धर्मलिंगममाथि लागेको आरोपमा निष्पक्ष सुनुवाइ भएको बताएको छ।

करिब ६० लाख जनसंख्या भएको सिंगापुर प्रतिव्यक्ति आम्दानीका आधारमा दक्षिणपूर्वी एसियाकै सबभन्दा धनी देश हो। कुनै पनि अपराधमा मृत्युदण्ड दिने कि नदिने भन्नेबारे सिंगापुरमा बहस जारी छ। त्यहाँको कानुनअनुसार हुलदंगा गर्ने र लागुपदार्थ ओसारपसार गर्नेलाई मृत्युदण्ड दिइन्छ।

लागुपदार्थको मामिलामा सिंगापुरको कानुन एकदमै कडा छ। थोरैभन्दा थोरै परिमाणको लागुपदार्थ फेला परे पनि कुनै सहानुभूति राखिँदैन। कानुनअनुसार मृत्युदण्ड दिइन्छ। सिंगापुरले पछिल्लोचोटि सन् २०१९ मा मृत्युदण्ड दिएको थियो। त्यति बेला चार जनाले फाँसीको सजाय पाएका थिए।

धर्मलिंगमलाई हेरोइनसहित सिंगापुर प्रवेश गर्न खोज्दा सीमा सुरक्षाकर्मीले पक्राउ गरेको थियो। उनीसँग बरामद भएको ४२ ग्रामभन्दा बढी हेरोइन ५१० जना प्रयोगकर्तालाई करिब एक साता आपूर्ति गर्न पुग्ने प्रहरीले जनाएको छ।

सन् २०१० देखि चलिरहेको सुनुवाइ क्रममा धर्मलिंगमले सुरूमा आफूलाई लागुपदार्थ ओसार्न बाध्य पारिएको बयान दिएका थिए। पछि उनले आफूलाई पैसाको खाँचो परेकाले स्वेच्छाले लागुपदार्थ ओसारेको बयान दिए। त्यसपछि सिंगापुर अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

उनले सन् २०१५ मा मृत्युदण्ड सजायलाई आजीवन कारावासमा बदल्न अदालतसमक्ष अपिल गरेका थिए। धर्मलिंगमको बौद्धिक क्षमता स्तर औसतभन्दा कम भएकाले यस्ता व्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनअनुसार मृत्युदण्ड दिन नमिल्ने वकिलहरूको तर्क छ।

बौद्धिक क्षमता परीक्षण गर्दा धर्मलिंगमको सामान्य ज्ञान स्तर ६९ पाइएको थियो। अन्तर्राष्ट्रिय रूपमा सामान्य ज्ञानको स्तर ७० हुनुपर्ने मान्यता छ। त्योभन्दा कम सामान्य ज्ञान भएको मान्छे आफूले गरेका काम सही हो कि गलत भनी छुट्टयाउन असमर्थ हुने वकिलहरूको भनाइ छ।

यही आधारमा धर्मलिंगमलाई हेरोइन बोकेर सिंगापुर प्रवेश गर्नु गैरकानुनी हो भन्ने थाहा नभएको वकिलहरूले जिकिर गरेका छन्।सिंगापुर अदालतले भने वकिलहरूको तर्क स्वीकार गरेन। उनको अपिल २०१७ मा अदालतले खारेज गरिदियो।

सामान्य ज्ञान जति भए धर्मलिंगमलाई आफूले गरेको काम गैरकानुनी हो भन्ने राम्ररी थाहा भएको र उनी आफैंले पैसा खाँचो परेर लागुपदार्थ ओसारेको बयान दिएकाले उनी सही–गलत छुट्टयाउन समर्थ रहेको अदालतले भनेको छ।

अदालतले गत महिना उनको परिवारका सदस्यहरूलाई नोभेम्बर १० मा फाँसी दिइने जानकारी गराएको थियो।
मृत्युदण्ड सजायका विरोधीहरूले यसै साता मलेसियाको क्वालालम्पुरस्थित सिंगापुर उच्च आयोगअगाडि विरोध प्रदर्शन गरेका छन्। कूटनीतिक पहलबाट धर्मलिंगमको सजाय कटौती गराउन उनीहरूले मलेसिया सरकारसँग आह्वान पनि गरेका छन्।

‘यस्तो अमानवीय सजाय सच्याउन र धर्मलिंगमप्रति सहानुभूति देखाउँदै मृत्युदण्ड कटौती गर्न अझै पनि समय छ,’ सिंगापुरस्थित एमनेष्टी इन्टरनेसनलका अनुसन्धाता रेचल होवार्डले भने। कुनै पनि मानिसको ज्यान लिने गरी सजाय दिनु बर्बरतापूर्ण रहेको उनले बताएका छन्।

सिंगापुरकै मनोचिकित्सहरूले समेत धर्मलिंगमको बौद्धिक स्तर कमजोर रहेको प्रमाणित गरिसकेकाले यस्ता मानसिक रूपले अस्वस्थ व्यक्तिमाथि न्यायिक सहानुभूति राख्न उनले सिंगापुर सरकारसँग अपिल गरेका छन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!