बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालसंग अनुमति नै नलिई सुस्तामा भारतीय ड्रोन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
कार्तिक २२, २०७८ ०९;२२ बिहान प्रकाशित
नेपालसंग अनुमति नै नलिई सुस्तामा भारतीय ड्रोन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाली भूमि अतिक्रमण गर्दै नेपालको सार्वभौमिकताको सम्मान समेत नगर्ने भारतले अन्तर्राष्ट्रिय कानुन र नियम मिचेर नेपालमाथि पटकपटक थिचोमिचो गर्दै आइरहेको छ । पछिल्लोपटक नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बिना अनुमति नेपाली भूमिमा ड्रोन उडाएको छ ।

आजको कान्तिपुर दैनिकको समाचार अनुसार भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालको ‘एयर स्पेस’ भित्र ड्रोन उडाएर निगरानी गरेको छ । बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाई साधन उडाउन पाइँदैन । तर त्यसलाई बेवास्ता गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ताको नेपाली आकाशभित्र पसेर अनधिकृत रूपमा ड्रोनबाट तस्बिर/भिडियो खिचेको हो ।

नेपालको अनुमतिबेगर एसएसबीले आइतबार नवलपरासी (बर्दघाट पश्चिम) मा पर्ने सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेजको पानी रोक्न बनाइएको बाँध (ठोक्कर) को एक नम्बर स्थलबाट नेपाली भूभागमाथिको आकाशमा ड्रोन उडाएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रले गण्डक बाँधको एक नम्बर ठोक्करबाट नजिकै रहेको सिमलको रूखबाट उत्तर हुँदै एसएसबीको फौज नेपाल पसेको जानकारी आफूलाई आएको बताए । सिमलको रूखलाई नेपालले अन्तर्राष्ट्रिय सीमा मान्दै आएको छ । ‘ड्रोन उडाएको भन्ने विषयमा अनुसन्धान अघि बढिसकेको छ, हामी सत्यतथ्य खोजबिन गर्ने क्रममा छौं, यसबारे भारतीय समकक्षी महाराजगन्जका ‘डिस्ट्रिक मजिस्ट्रेट’ (जिल्ला अधिकारी) सँग पनि बुझ्ने क्रममा छौं ।’

यस विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) सँग पनि बुझेर गृह मन्त्रालयलाई जानकारी गराइसकिएको उनले बताए । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यसबारे भारतीय समकक्षीसँग कुरा गर्न र सत्यतथ्य बुझेर मन्त्रालयमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट पश्चिम) लाई निर्देशन दिइएको बताए । ‘सुस्ता क्षेत्रमा आइतबार के–के भएको हो, यसबारे अनुसन्धान गरी मन्त्रालयमा जानकारी गराउन प्रशासनलाई निर्देशन दिइसकेका छौं,’ पोखरेलले भने, ‘प्रजिअले विस्तृत अनुसन्धान गरी छिट्टै यसबारे सत्यतथ्य बाहिर ल्याउने बताउनुभएको छ ।’

२०७८ साउन १५ मा दार्चुलाको मालघाटस्थित महाकाली नदीमा बगेर बेपत्ता भएका नेपाली युवा जयसिंह धामीको खोजीका लागि नदीमाथि ड्रोन उडाउन पनि भारतले अनुमति दिएको थिएन । साउन २३ मा जिल्ला प्रशासन कार्यालय दार्चुलाले मालघाटबाट नदीको तल्लो भागको दुवै किनार हुँदै ड्रोनबाट धामीको खोजबिनका लागि पिथौरागढस्थित जिल्लाधिकारीको कार्यालयलाई पत्र लेखेको थियो तर उसले त्यसको जवाफ नै दिएन ।

त्यतिमात्र होइन दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको ब्यारेकमाथिबाट भारतीय हेलिकोप्टर तारन्तार ओहोरदोहोर गर्न थालेपछि त्यसप्रति आपत्ति जनाउँदै भदौ २० मा परराष्ट्र मन्त्रालयले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको थियो । भारतले त्यसको अहिलेसम्म जवाफ फर्काएको छैन । त्यस घटनाको दुई महिनापछि नवलपरासीको सुस्तामा पसेर पुनः एसएसबीले ड्रोनबाट सीमा निरीक्षण गरेको हो । एक सुरक्षा अधिकारीले सुस्ता क्षेत्रमा भएको पछिल्लो घटना भारतीय सुरक्षाकर्मीको बलमिच्याइँको निरन्तरता भएको बताए ।

सुस्ता र कालापानी क्षेत्रलाई नेपाल र भारत दुवै देशले ‘विवादित भूमि’ भनेर स्वीकार गरेका छन् । यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न दुवै देश सहमत भइसकेका छन् तर त्यसलाई बेवास्ता गरेर एसएसबीले बिनाअनुमति ड्रोनबाट सीमा गस्ती र निगरानी बढाएको हो । त्यसक्रममा एसएसबीका सुरक्षाकर्मी नेपालतर्फको जमिनमा समेत प्रवेश गरी केही समय गस्ती गरेर फर्किएका छन् । सुस्तामा निर्माणाधीन झोलुंगे पुलबाट नजिकै बसेर एसएसबीले ड्रोन उडाएको स्थानीय रामधनी कोइरीले बताए ।

ड्रोन उडाउन एसएसबीका एक दर्जन सुरक्षाकर्मी आइतबार दिउँसो नेपाली भूभागतर्फ प्रवेश गरेका थिए । एसएसबीले नेपाली भूभागमा ड्रोन उडाएको देखेपछि माछा मार्न र गोठालो गएका स्थानीयले नजिकै रहेको सीमा प्रहरी चौकीमा खबर गरेका थिए । नेपाल प्रहरीले जानकारी पाउनासाथ सुस्ताको सैनिक टोलमा तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) लाई जानकारी गराएको थियो । बीओपीबाट डेढ किलोमिटर उत्तरपश्चिममा एसएसबीले ड्रोन उडाएको हो ।

ड्रोन उडाएको देखेपछि स्थानीय बासिन्दा एसएसबी भएतर्फ जान खोजेका थिए तर एसएसबीले नजिक नआउन चेतावनी दिएको कोइरीले बताए । प्रजिअ मिश्रका अनुसार अन्तर्राष्ट्रिय सीमाबाट नेपाल र भारत दुवैतर्फ एक–अर्का देशलाई असर पुग्ने गरी ५–५ किमि क्षेत्रभित्र संरचना निर्माण गर्न पाइँदैन । त्यस क्षेत्रमा दुवै देशका सुरक्षाकर्मी एकतर्फी गस्ती र सीमा सुरक्षाका लागि नजाने सहमति पनि रहेको उनले बताए । तर त्यसलाई ख्याल नगरी एसएसबीका सुरक्षाकर्मी सिमलको रूखबाट नेपालतर्फ प्रवेश गरेको बताए ।

अन्तर्राष्ट्रिय कानुनअनुसार एक देशले अर्को देशमा हवाई र स्थलमार्गबाट कुनै पनि गतिविधि गर्न पाउँदैनन् भने हेलसिन्की अभिसन्धिअनुसार दुवै देशले एकअर्का देशको अनुमतिबिना सीमा क्षेत्रमा कुनै पनि संरचना बनाउन पाउँदैनन् । त्यसलाई उल्लंघन गरेर भारतले सीमावर्ती इलाकामा सधैं यस्ता बलमिच्याइँका घटना दोहोर्‍याउने गरेको छ । कान्तिपुरसँगको कुराकानीमा स्थानीय बासिन्दा कोइरीले ड्रोनबाट सुस्ताको नेपाली भूभागमा एसएसबीले निगरानी गरेको आफूले पहिलोपटक देखेको बताए ।

सुस्तास्थित सशस्त्र प्रहरीको बीओपीका सई चित्र खड्काले सुस्ताको एक नम्बर ठोक्कर आसपासमा भारतीय एसएसबी फोर्सका जवान आएको भन्ने जानकारीका आधारमा आफ्नो टोली त्यहाँ पुग्दा उनीहरू हिँडिसकेको जानकारी दिए । त्यसपछि सई खड्काले भारतीय एसएसबीका स्थानीय कमान्डरलाई फोन गरेर किन नेपाली भूभागमा गस्ती पठाएको भनेर प्रश्न गरेका थिए । एसएसबीका अधिकारीले ‘नयाँ आएको कन्स्टेबल (हबलदार) ले बाटो भुलेर त्यता गस्ती गर्न पुगेको’ जवाफ फर्काएको सई खड्काले कान्तिपुरलाई टेलिफोनमा जानकारी दिए ।

दुवै देशले सीमा विवाद रहेको भनेर स्वीकार गरेको क्षेत्रबाट नजिकै भारततर्फ चार स्थान (वाल्मीकि आश्रमसमेत) मा एसएसबीको फौज अड्डा जमाएर बसेको छ । सुस्तावासीले भारतीय सुरक्षाकर्मीकै संख्यामा नेपाली सुरक्षा पोस्ट थप्न माग गर्दै आए पनि सरकारले सुनेको छैन । सुस्ताको ७ हजार हेक्टरमा नेपालीले अवादी र खेतीपाती गर्दै आएका छन् । सुस्तामा २ सय ६५ नेपाली घरधुरी छ । करिब ४ हजार नेपाली बसोबास गर्छन् । तीमध्ये २ सय ९८ जनासँग मात्र नेपाली नागरिकता छ । सुस्तामा १९ हजार ९ सय ८० हेक्टर जमिनमा विवाद रहेको बताइन्छ ।

२०२८ सालयता भारतले नेपालको ४६ हजार हेक्टर जमिन अतिक्रमण गरिसकेको भए पनि सरकारले भारतसँग बलियो कूटनीतिक वार्ता गरेर आफ्नो जमिन फर्काउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार यादवले प्रवेश गर्न नपाउने ‘विवादित’ भूमिमा आएर फर्किसकेको भन्ने जानकारी पाएको टेलिफोनमा बताए ।

‘एसएसबीको टोली सुस्तामा आएको र फर्किंदा जग्गा नाप्ने फित्ता लिएर हिँडेको भन्ने सुनियो, हाम्रो प्रहरी त्यहाँ पुग्दा हिँडिसकेका रहेछन्,’ उनले भने । सुस्ता क्षेत्रको सुरक्षा र सीमा अपराध अनुसन्धानका लागि प्रहरीबाट सईको कमान्ड र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा बीओपी तैनाथ छ । तर सीमाबाट नेपाली भूमि छिरेर एसएसबीले ड्रोन उडाउँदा पनि दुवै सुरक्षा निकाय बेखबर बनेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!