मुम्बई । यतिबेला निर्देशक रोहित सेट्टीको तीन स्टार फिचर्ड कप्स युनिभर्स ‘सूर्यवंशी’ले बम्पर व्यापार गरिरहेको छ । यो चलचित्रमा सेट्टीले अक्षय कुमारसँगै अजय देवगन र रणवीर कपुरलाई पनि उभ्याएका छन् ।
अब यी तीन अभिनेतालाई निर्देशक सेट्टीले पुनः एउटै पर्दामा ल्याउने भएका छन् । बलिउड हंगामाकाअनुसार रोहितको अर्को बल्कबस्टर चलचित्र ‘सिंघम’ को तेस्रो फ्रेन्चाइजमा उनीहरूलाई दोहो¥यान लागिएको हो ।
सिंघमको टाइटल रोलमा भने तेस्रोपटक पनि अजय देवगन नै देखिँदै छन् । खबरकाअनुसार ‘सिंघम ३’ मा भारत र पाकिस्तानविचको क्रस बोर्डरको आतंकवाद मुद्दामा आधारित हुनेछ । पाकिस्तानका दृश्यहरू पनि भारतमा नै छायांकन गरिने बताइएको छ । अजय र रणवीर भने क्लाइमेक्समा मात्रै देखिने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-