जापानको खागावावामा हावामा फैलिएका भाइरसका ब्याक्टेरिया नष्ट गर्ने रोबोट सार्वजनिक गरिएको छ । ह्यान्ड्राइल र पराबैगनी किरणद्धारा विकिरण गर्ने रोबोट फुजिसावा शहरमा प्रदर्शनी गरिएको हो ।
फुजिसावा शहरको एक भवन भित्र स्वचालित रूपमा चल्ने रोबोट प्रदर्शन गर्दै निर्माताले यसले ब्याक्टेरिया नष्ट गर्ने जनाएको छ । फुजिसावा शहरको सुजिदो सिभिक सेन्टरमा ५० सेमी व्यास र १४० सेन्टिमिटर उचाइ भएको बेलनाकार रोबोट प्रदर्शन गरिएको थियो ।
रोबोटले मानव शरीरमा असर नगर्ने पराबैंगनी किरणहरू छर्दै ब्याक्टेरिया मुक्त गर्दै १०० मिटर प्रति घण्टाको सुस्त गतिमा भवनमा यात्रा गरेको थियो ।यदि रोबोट हिँड्ने मार्गमा कोहि व्यक्ति भेटेमा रोकिनेछ, तर यसले छर्ने पराबैजनी किरण लगायतले मानिसको शरिमा कुनैपनि असर गर्नेछैन ।
फुजिसावा शहर रोबोट उद्योगलाई प्रवर्द्धन गर्ने देशको एक विशेष क्षेत्र हो । यो रोबोटको प्रयोगले कोरोनाको युगमा रोबोटलाई कसरी प्रयोग गर्ने भनेर अन्वेषण गर्न मद्दत पुग्ने ठानिएको छ ।
भविष्यमा, फुजिसावा शहरले नगरपालिका पुस्तकालयमा भारसका ब्याक्टेरिया नष्ट गर्ने यस रोबोटको प्रयोग सञ्चालन गर्ने भएको छ । साथै यसलाई भविष्यमा कसरी व्यापक प्रयोग गर्न सकिन्छ भन्ने बारेमा बिचार गर्ने जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-