बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राउटर किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी ८ कुरा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
कार्तिक २४, २०७८ १६;०० मध्यान्ह प्रकाशित
राउटर किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी ८ कुरा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । आजको दिनमा घर, अफिस लगायत अन्य क्षेत्रमा वाई-फाई अनिवार्य नै भइसकेको छ । सहज इन्टरनेटको उपलब्धताको लागि पनि वाई-फाईको प्रयोग अहिले सामान्य जस्तै भइसकेको छ । वाई-फाई राम्रोसँग चल्न तपाईंले प्रयोग गर्ने राउटरको ठूलो भूमिका रहन्छ । यसर्थ राउटर किन्ने बेलामा धेरै कुराहरू ध्यान दिन आवश्यक छ ।

१. वाई-फाई स्ट्यान्डर्ड
वाई-फाई राउटर खरिद गर्ने बेलामा सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको राउटरले सपोर्ट गर्ने स्ट्यान्डर्ड हो । अर्थात तपाईंले राउटर किन्दा यसले वायरलेस सेवाको नयाँ भर्जनहरूलाई पनि सपोर्ट गर्न सक्छ कि सक्दैन भनेर थाहा पाउनु आवश्यक छ ।

पहिले पहिले IEEE802.11a अथवा 802.11b वायरलेस स्ट्यान्डर्डका राउटरहरू प्रयोगमा थिए र अहिले पनि छन् । यी स्ट्यान्डर्डका राउटरहरूले अहिलेको नयाँ भर्जनको राउटर पनि सपोर्ट त गर्छ, तर हामीले लामो समयसम्म प्रयोग गर्नको लागि भने राउटरको स्ट्यान्डर्डमा ध्यान दिन जरूरी छ ।

अहिलेको पछिल्लो नयाँ स्ट्यान्डर्ड 802.11ac रहेको छ, जुन अहिलेका प्राय सबै नयाँ राउटरका स्ट्यान्डर्ड हुन् ।

यो नयाँ स्ट्यान्डर्ड भएको राउटरले गिगाबाइटसम्मको इन्टरनेट स्पिडलाई सपोर्ट गर्छ, जबकि पहिलेको स्ट्यान्डर्डमा ६०० एमबीपीएस सम्मको इन्टरनेटलाई मात्र सपोर्ट गर्छ । यद्यपि राउटर मात्र राम्रो भएर भने पुग्दैन तपाईंको डिभाइसले पनि हाई-स्ट्यान्डरलाई सपोर्ट गर्नसक्ने हुनुपर्छ ।

२. वाई-फाई स्पिड स्पेसिफिकेशन
बजारमा आफ्नो उत्पादन बिक्री गर्नको लागि सम्पूर्ण निर्माण कम्पनीहरूले आफ्नो राउटरले उत्कृष्ट स्पिड उपलब्ध गराउने 802.11 स्ट्यान्डर्डमा आधारित राउटर हो भनेर दाबी गर्ने गर्छन् ।

यद्यपि यो सम्भव भने छैन । धेरै प्रयोगकर्ता हुँदा वा भित्ताहरूले वाईफाईको सिग्नल ब्लक गर्दा वा अन्य केही बाधाहरूका कारण पनि इन्टरनेटको स्पिड कम भइरहेको हुन्छ । यसो भन्दैमा आत्तिहाल्नुपर्ने स्थिति भने छैन । किनभने आजभोलिको प्राय राउटरमा हाई इन्टरनेट स्पिड सपोर्ट हुने गर्छ ।

३. राउटरको वायर इन्टरफेस
वाई-फाई राउटर विभिन्न प्रकारका हुन्छन् । केही ब्रोडब्यान्ड मात्र सपोर्ट गर्ने खालका हुन्छन् भने केहीले इथरनेट र अन्य कनेक्सन पनि सपोर्ट गर्ने प्रकारका हुन्छन् ।

प्रायजसाे राउटरहरूले ब्रोन्डब्याण्ड र इथरनेट दुवै सपोर्ट गर्छ । तर राउटर खरिद गर्ने बेलामा यस विषयमा ढुक्क हुनु आवश्यक छ । त्यसैले राउटर खरिद गर्दा ब्रोडब्यान्ड, इथरनेट अथवा यूएसबीलाई सपोर्ट गर्ने राउटर खरिद गर्नु उपयुक्त हुन्छ ।

यूएसबी पोर्ट सहितको राउटरले लोकल स्ट्रिमिङहरूका लागि सहयोग पुर्‍याउँछ । यसमा यूएसबी २ भन्दा यूएसबी ३ अथवा यूएसबी ३.१ को कनेक्सन भएको राउटर किन्दा राम्रो हुन्छ ।

४. सुरक्षा
ह्याकिङ सम्बन्धी विभिन्न घटनाहरूको विषयमा समाचारहरू सुनिरहेका हुन्छौं । त्यसैले राउटर खरिद गर्दा सुरक्षाको दृष्टिकोणले अनुकूल हुने राउटर खरिद गर्नुपर्छ ।

वायरलेस नेटवर्क जति नै सहज हुन्छ त्यति नै असुरक्षित पनि हुन्छ । नेटवर्क राम्रोसँग सुरक्षा गर्न सकिएन भने राउटरको पहुँचमा हुने जोकोहीले पनि तपाईंको सूचना चोरी गर्न सक्छ ।

त्यसैले राउटर खरिद गर्दा कम्तीमा पनि डब्लुपीए ई भर्सनको राउटर लिनु उपयुक्त हुन्छ । राउटरले राम्रोसँग काम गर्न भने डब्लुपीए २ सपोर्ट गर्ने डिभाइस भए पनि हुन जरुरी छ ।

५. वाईफाई ब्याण्ड
सामान्यतया वाई-फाई ब्यान्ड २.४ गिगाहर्ज र ५ गिगाहर्जको हुने गर्छ । केही राउटरमा यी दुवै अप्सन हुन्छन्, जसलाई डुअल ब्याण्ड वाई-फाई राउटर भनिन्छ भने केही राउटरमा यीदुई मध्ये एउटा ब्याण्ड मात्र हुन्छ ।

कहिले काहिँ केही वाई-फाई राउटरमा दुईवटा फरक रेडियोहरू प्रयोग भएको हुन्छ, अर्थात ती दुई रेडियोले दुई फरक वायरलेस नेटवर्क सेटअप गर्न सघाउँछ ।

प्रत्येक रेडियोमा दुई फरक ब्याण्ड हुन्छन्, जसले इन्टरनेटको स्पिड बढाउन मद्दत गर्छ । त्यसैले डुअल ब्याण्ड राउटर प्रयोग गरेको खण्डमा यसले तपाईंको आवश्यकता अनुसारको पर्फर्मेन्स दिन्छ ।

६. एमयू-एमआईएमओ (MU-MIMO) सहितको राउटर
अहिलेका धेरैजसो राउटरमा एमयु-एमआईएमओको सुविधा हुन्छ, जसले हाई स्पिड डेटा डेलिभर गर्न मद्दत गर्छ ।

एमयू-एमआईएमओ अर्थात मल्टी युजर, मल्टिपल इनपुट र मल्टिपल आउटपुट सुविधा भएको राउटरले एकभन्दा बढी डिभाइस प्रयोग गर्दा सबै डिभाइसमा बराबर इन्टरनेट उपलब्ध गराउँछ । धेरै जनाले इन्टरनेट प्रयोग गर्दा पनि स्पिडमा खासै प्रभाव गर्दैन ।

७. राउटर एन्टेना
वायरलेस डिभाइसहरूका लागि एन्टेना एकदमै महत्त्वपुर्ण हुन्छ, विशेषगरी वाईफाई राउटरमा । त्यसैले राउटर खरिद गर्दा यसको एन्टेनाको विषयमा बुझेर खरिद गर्नु उपयुक्त हुन्छ ।

कस्तो कनेक्सन पाउने भनेर राउटरको एन्टेनामा भर पर्छ । त्यसैले राउटर खरिद गर्दा आफ्नो आवश्यकता अनुसारको एन्टेना भएको राउटर किन्नु ठीक हुन्छ ।

सामन्यतया राउटरको एन्टेना राउटरको टपमा हुन्छ भने केहीमा इन्टर्नल एन्टेना हुन्छ । यद्यपि इन्टरनेटको सिग्नल इन्टर्नलभन्दा राउटरको टपमा भएको एन्टेनाले राम्रो सिग्नल दिन्छ । त्यस्तै इन्टरनेटको राम्रो कभरेजको लागि एन्टेना एडजस्ट गर्न मिल्ने राउटर पनि प्रयोग गर्न सकिन्छ ।

८. राउटर विम फोर्मिङ
केही राउटरहरूमा विम फोर्मिङ भन्ने क्षमता हुन्छ, जसले वाईफाई सिग्नल बलियो र स्पिड बढाउन मद्दत गर्छ । विम फोर्मिङ भनेको स्पासियल फिल्टरिङ हो, जसले सबै डिभाइसलाई एकमुष्टभन्दा पनि बराबर स्पिड सहित प्रति डिभाइस सिग्नल उपलब्ध गराउँछ । राम्रो इन्टनेट अनुभवको लागि विम फोर्मिङ सुविधा भएको राउटर खरिद गर्नु उपयुक्त हुन्छ । यो समाचार टेक पाना मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!