बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पाकिस्तानी इन्टेलिजेन्स एजेन्ट सुन्दरीको जालमा यसरी फसे २ सय भारतीय सैनिकहरु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
मंसिर ११, २०७८ १०;३७ बिहान प्रकाशित
पाकिस्तानी इन्टेलिजेन्स एजेन्ट सुन्दरीको जालमा यसरी फसे २ सय भारतीय सैनिकहरु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। पाकिस्तानी इन्टेलिजेन्स एजेन्सी आइएसआइका महिला एजेन्टहरुले भारतीय सैनिक र सुरक्षाकर्मीलाई हनीट्रयापमा फसाएका घटना बढ्दै गएका छन् ।

पछिल्लो एक वर्षमा मात्र २ सय भारतीय सैनिक र अन्यलाई पाकिस्तानी सुन्दरीको मोहमा फसेर संवेदनशील जानकारी लिक गरेको आरोपमा पक्राउ गरिएको छ । पुणेस्थित दक्षिणी कमानको मिलिट्री इन्टेलिजेन्स युनिटले हालै यस्ता कैयौं केसहरुमा धेरै जनालाई पक्राउ गरेको छ । सेप्टेम्बर र अक्टोबरमा युनिटले यस्ता १० केसको खुलासा गर्यो ।

२०२० मा क्रुणाल कुमार बारियालाई फेसबुकमा एउटी केटीको रिक्वेस्ट आयो । रिक्वेस्ट पठाउने युवती निकै सुन्दर सिदरा खान थिइन् जसको उमेर २० देखि ३० वर्षको बीचमा थियो । फिरोजपुर छाउनीमा भारतीय सेनाको आइटी सेलमा तैनाथ बारियालाई कत्ति पनि सन्देश भएन । दुवैले फोन नम्बरको आदान प्रदान गरे त्यसपछि कुराकानी सुरु भयो ।

विस्तारै कुरा अन्तरंग हुँदै गयो । छिटै बारियाले सिदरालाई ती सबै कुरा बताउन थाले जो उनी जान्न चाहन्थिन् । करिब डेढ वर्षपछि २३ अक्टोबर २०२१ मा पंजाब पुलिसको अमृतसर स्पेसल अपरेसन सेलले गोपनीय जानकारी लिक गरेको आरोपमा बारियालाई पक्राउ गर्यो । फिरोजपुर छाउनीका गतिविधिको सूचनाको लागि सिदराले बारियालाई १० हजार रुपैयाँ पनि दिएकी थिइन् ।

सेप्टेम्बरमा दक्षिणी कमाण्डको एमआइ युनिटले राजस्थानको नरहर निवासी सन्दिप कुमारलाई पक्राउ गर्यो । सन्दिप कुमार झुंझनु जिल्लामा आर्मी क्याम्प नजिकै ग्यास एजेन्सी चलाउँथे । क्याम्पमा ग्यार सिलिण्डर पुर्याइदिने क्रममा उनले भित्रका संवेदनशील स्थानका तस्वीर खिचे र ती तस्वीर पाकिस्तानी एजेन्टलाई ५ लाख रुपैयाँमा बेचिदिए ।

कहिलेकाहीँ यो हनीट्रयाप ठूलो स्तरमा पनि गरिन्छ । एउटा केस २०१८ मा भेटिएको थियो । त्यतिबेला निशा शर्मा र पुजा रंजनले भारतीय सशस्त्र बलको लागि सुपरसोनिक मिसाइल निर्माण गर्ने भारत र रुसको संयुक्त प्रोजेक्ट ब्रह्मोस एयरोस्पेसको लागि काम गरिरहेका नागपुरका एक इन्जिनियरलाई फसाए । निशान्त अग्रवाल नामका ती इन्जिनियरले ब्रह्मोस मिसाइलको सटिकतासँग सम्बन्धित महत्वपूर्ण जानकारी लिक गरेका थिए । उनी अहिले नागपुर जेलमा छन् ।

सैन्य खुफिया अधिकारीका अनुसार पाकिस्तानमा रावलपिंडीको एक विश्वविद्यालयको वेबसाइटमा २०१९ मा एउटा विज्ञापन दिइएको थियो । यसबाट ठूलो सामाजिक संजाल ट्रयाप अपरेशनको सुराग भेटियो । विज्ञापनमा एक सैन्य स्वामित्व भएको मिडिया हाउसमा जागिरको लागि सामाजिक संजाल विशेषज्ञ महिला पदमा आवेदन मागिएको थियो । भारतीय एमआइ अधिकारीहरुका अनुसार यी महिलाहरुलाई पुरुषहरुसँग अन्तरंग च्याट गरेर लोभ्याइ खुफिया जानकारी हासिल गर्ने कामका लागि भर्ना गर्न लागिएको थियो ।

इण्डिया टुडेसँग कुरा गरेका सैन्य खुफिया अधिकारीहरुले यो विज्ञापन आइएसआइको ‘अपरेशन हैदराबाद’को सुरुवात भएको मान्छन् । यो अपरेशनको नाम पाकिस्तानको सिन्ध प्रान्तको सहरको नाममा राखिएको थियो । यो अपरेशन अन्तर्गत आइएसआइ रावलपिंडी, हैदराबाद र लाहोरजस्ता शहरमा कल सेन्टर चलाउँछ । निहा शर्मा, इशानिका अहिर र पुजा राजपुत जस्ता भारतीय उपनाम भएका पाकिस्तानी युवतीहरु हजारौं डिपी खोजी गर्छन् । उनीहरुलाई रणनीतिक रुपले तैनाथ भारतीय सशस्त्र बलका यस्ता व्यक्तिहरुको खोजी हुन्छ जसलाई सजिलै फसाउन सकियोस् ।

२०२० मा भारतीय सेनाले आफ्ना सैनिकका लागि सामाजिक संजालमा प्रतिबन्ध लगाएको थियो । यसको उल्लंघन गरेको पाइएमा अनुशासनको कारवाही गरिन्छ । तैपनि केहीले उल्लंघन गर्छन् र फस्छन् । विगत केही महिनामा एमआइले हनीट्रयापको पहिचान गर्न ठूलो अभियान सुरु गरेको छ । काउन्टर इन्टेलीजेन्स टिमले सुराकीको माध्यमबाट ती सैनिकको निगरानी गर्छन् जो फस्न सक्छन् । जसले सेनामा १० वर्षभन्दा कम समय बिताएका छन् उनीहरुलाई सबैभन्दा कमजोर मानिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!