बीबीसी । बलिउड अभिनेता तथा निर्माता सलमान खानको नयाँ चलचित्र ‘अन्तिम: द फाइनल ट्रुथ’ रिलिज भइसकेको छ । कोरोना कालको दुईवर्षपछि हलमा रिलिज भएको पहिलो चलचित्र हो । यसअघि ‘राधे’ डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो ।
अहिले सलमानको चलचित्रभन्दा पनि चलचित्रकी अभिनेत्रीसँग माफी मागेको कुराको चर्चामा छ । हुन त सलमानको ‘अन्तिम’ मा कुनै अभिनेत्री छैनन् । यो सलमानको पहिलो लचत्रि हो जहाँ उनी अभिनेत्रीसँग रोमान्स गरिरहेका छैनन् ।
सलमान भन्छन्, “यो चलचित्र निर्माण भइरहँदा हामीले यसमा एउटा रोमान्टिक ट्रयाक राखेका थियौँ । यसका लागि अभिनेत्री पनि तय भइसकेको थियो र गीत पनि छायाङ्कन गरिसकेका थियौँ । यद्यपि चलचित्रमा घडबडी देखेपछि मलाई लाग्यो कि चलचित्रको पात्र एक्लै नै हुनुपर्छ । नभए उसको भूमिका कमजोर हुन जान्छ ।”
उक्त निर्णयपछि उनले ती अभिनेत्रीसँग धेरैपटक माफी मागेको सलमानले बताए । सलमानले माफी मात्रै मागेनन्, अर्को चलचित्रमा सँगै काम गर्ने वाचा समेत दिए ।
तर, ती अभिनेत्रीको नाम अहिले रिभिल नगर्ने सलमानले बताएका छन् । चलचित्रमा अभिनेत्री नराख्नुको कारण चलचित्रको कथा भएको सलमान बताउछन् । चलचित्रबाट रोमान्टिक ट्रयाक हटाएपनि चलचित्रमा गीत भएको र अरू चलचित्र जस्तै मनोरञ्जनात्मक भएको उनले बताएका छन् ।
यो चलचित्रमा सलमान सिख पात्रको भूमिकामा छन् । यही चलचित्रको प्रमोसनका क्रममा मिडियासँग कुरा गर्दै उनले कसैको धर्मलाई देखाउँदा निकै सावधानी अपनाउनुपर्ने र चलचित्रमा यसलाई विशेष ध्यान दिइएको बताए ।
“हरेक चलचित्रको पात्रलाई निभाउँदा सावधानी अपनाउनुपर्छ । चलचित्रमा जब हामी कुनै संस्कृति वा रीतिरिवाजलाई देखाउछौँ, तब पूरै सम्मान दिएर देखाउनुपर्छ,” सलमान बताउँछन् ।
चलचित्रको मुख्य पात्र सिख भएता पनि छायांकन पञ्जावमा हुन नसकेको सलमानले बताए । कोरोना महामारीका कारण पञ्जावको हरियाणामा छायांकन गर्ने भनिएता पनि लकडाउनका कारण मुम्बईमा नै छायांकन गर्न टिम बाध्य भएको सलमानले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-