बैदेशिक पोष्ट
२०८३ बैशाख १७, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अन्तरिक्षमा हुँदैछ ‘महायुद्ध’, हाम्रो आकाशगंगासँग २ वटा ‘स्पेस डेभिल’ ठोक्किँदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
मंसिर १६, २०७८ १४;०७ मध्यान्ह प्रकाशित
अन्तरिक्षमा हुँदैछ ‘महायुद्ध’, हाम्रो आकाशगंगासँग २ वटा ‘स्पेस डेभिल’ ठोक्किँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। हाम्रो आकाशगंगा मिल्की वेसँग दुईवटा अन्तरिक्ष राक्षस अर्थात स्पेस डेभिल ठोक्किने भएका छन् । माथिको तस्वीरमा देखिएका दुईवटा बादलका टुक्रा ताराबाट निस्किएको तातो ग्यासका बादल हुन् । यिनै बादललाई वैज्ञानिकहरु स्पेस डेभिल भन्छन् । र, यिनै तस्वीरमा देखिएका दुई स्पेस डेभिल हाम्रो आकाशगंगासँग ठोक्किन लागेका हुन् । यी स्पेस डेभिलहरु हाम्रो आकाशगंगाका छिमेकी हुन् । यी दुई स्पेस डेभिलहरु वैज्ञानिकहरुले अनुमान गरेको भन्दा कैयौं गुणा छिटो आकाशगंगासँग ठोक्किँदैछन् ।

स्वेस डेभिललाई वैज्ञानिक भाषामा म्याग्लेटिक क्लाउड भनिन्छ । यी दुई म्याग्लेनिक क्लाउड ड्वार्फ ग्यालेक्सी हुन् । यी दुईवटा स्पेस डेभिन कुनै तारा टुट्दा निस्किएको तातो ग्यासका कारण बनेका हुन् । हाम्रो आकाशगंगाले त्यो ग्यासको मुस्लोलाई दुई भागमा बाँडिदिएको हो । यी दुई स्पेस डेभिलको कूल तौल १७ बिलियन सोलार मास छ । यो भनेको हाम्रो आकाशगंगाभन्दा १०० गुणा सानो हो । अहिले मिल्की वे र यी दुई स्पेस डेभिलबीच संघर्ष चलिरहेको छ ।

यो संघर्ष ३ अर्ब वर्षदेखि चलिरहेको छ तर अब भने हाम्रो आकाशगंगा मिल्की वे र यी दुई ड्वार्फ ग्यालेक्सीबीच चलिरहेको संघर्ष अन्त्य हुने संघारमा छ । पछिल्लो समय हामे आकाशगंगाले यी दुईलाई जित्न लागेको देखिएको छ । हाम्रो आकाशगंगा र यी दुई ड्वार्फ ग्यालेक्सीबीच चलिरहेको यो युद्धका कारण दुवै ड्वार्फ ग्यालेक्सीको पछाडि गहिरो रातो रंगको निशान छुटेको छ । यो निशान अन्तरिक्षको दक्षिणी भागमा छ । रातको समयमा आकाश सफा हुँदा अन्तरिक्षको दक्षिणी हिस्सा देखिएका बेला हामीले नाङगो आँखाले पनि यी ड्वार्फ ग्यालेक्सी र रातो निशान देख्न सक्छौं । यो रातो निशानलाई वैज्ञानिकहरु म्याग्नेलिक स्ट्रिम भन्छन् ।

वैज्ञानिकहरुले यो घटना जुन समयमा हुने गणना गरेका थिए त्योभन्दा धेरै छिटो घट्ने भएको छ । यदि यी दुई ड्वार्फ ग्यालेक्सी हाम्रो आकाशगंगामा आएर मिले भने यहाँ ताराबाट निस्किएको तातो ग्यासको बाढी आउनेछ र रातको आकाशको पूरै दृश्य बदलिनेछ । हालै द एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित अध्ययनका अनुसार यी दुई अपेक्षा गरिएभन्दा धेरै छिटो आकाशगंगाको नजिक आइसकेका छन् । यी दुई अहिले हाम्रो पृथ्वीभन्दा ६५ हजार प्रकाश वर्ष टाढा छन् । यो दूरी अन्तरिक्षमा धेरै मानिँदैन । यो दूरी वैज्ञानिकहरुले पहिले गणना गरेको भन्दा पाँच गुणा नजिक हो ।

यदि यी दुई ड्वार्फ ग्यालेक्सी आकाशगंगामा आएर ठोक्किए भने स्थिति निकै भयावह हुनेछ । यद्यपि यसअघि जति विनाश हुने सोभिएको थियो त्यति भने हुने छैन किनकि पहिले यिनीहरुको आकार अहिलेको आकारभन्दा ५ गुणा ठूलो भएको सोचिएको थियो । वैज्ञानिकहरुको गणना अनुसार यी दुई ड्वार्फ ग्यालेक्सी आकाशगंगामा ठोक्किन ५ करोड वर्ष समय छ । यसअघि वैज्ञानिकहरुले १० देखि १५ करोड वर्ष लाग्ने अनुमान गरेका थिए ।

युनिभर्सिटी अफ भिस्कन्सिन–मेडिसनमा भौतिकशास्त्रका शोधार्थी स्कट लुचिनीका अनुसार वैज्ञानिकहरुले धेरै करोड वर्षपछि यी दुई ड्वार्फ ग्यालेक्सी ठोक्किने अनुमान गरेको भए पनि यति छिटो हुनु आश्चर्यको कुरा हो । लुचिनीका अनुसार यी ड्वार्फ ग्यालेक्सी आकाशगंगाको बाहिरी रिंगको नजिकै आइसकेका छन् । यदि आकाश सफा छ भने यिनीहरुलाई अन्तरिक्षको दक्षिणी भागमा नाङ्गो आँखाले देख्न सकिन्छ ।

स्कट लुचिनीले यसअघि यो रिसर्चको बारेमा गत वर्ष नेचर जर्ललमा पनि रिपोर्ट प्रकाशित गरेका थिए । त्यो रिपोर्टमा उनले यो तातो ग्यासको बादलको तापक्रम ५ लाख डिग्री सेल्सियस भएको बताएका थिए । अर्थात यसको अगाडि जे पनि आउँछ केही सेकेण्डमै खरानी हुन्छ । यसको तातो लहरलाई लुचिनीले म्याग्लेनिक कोरोना नाम दिएका थिए । एक वर्षदेखि जारी यो अध्ययनका क्रममा उनले यो स्पेस डेभिलको व्यवहारमा धेरै परिवर्तन देखेका छन् ।

वैज्ञानिकहरुले यो तातो ग्यासको कम्प्युटर सिमुलेसन बनाए ताकि यसको तापमान, गति, दिशा आदिबारे थप जानकारी पाउन सकियोस् । कम्प्युटर सिमुलेसनबाट गणना गर्दा जुन परिस्थिति देखियो त्यो निकै आश्चर्यजनक थियो । अनुसन्धानमा तापमानमा थोरै कमी भएको तर यो आकाशगंगाको धेरै नजिक आइसकेको थाहा भयो । यसको अन्त्य कसरी हुन्छ भन्ने विषयमा अहिले लुचिनी र उनको टिम केही बोल्न तयार छैनन् । तर, उनीहरुले आकाशगंगाको स्थिति धेरै बदलिने भने बताएका छन् ।

यी दुई ड्वार्फ ग्यालेक्सीबीचको आपसी दूरी ३०० करोड वर्ष छ तर आकाशगंगाको गुरुत्वाकर्षणका कारण यी दुई आकाशगंगाको नजिक आइरहेका छन् । वैज्ञानिकका अनुसार आकाशगंगामा मिसिनुभन्दा पहिले यी दुई आपसमै पनि ठोक्किन सक्छन् । त्यसपछि मात्रै यिनीहरु मिल्की वेमा मिसिन पनि सक्छन् । यो अध्ययनमा सहभागी अर्का वैज्ञानिक एन्ड्रयु फक्सका अनुसार वैज्ञानिकहरुले लगातार यी तातो ग्यासका लहरमाथि निगरानी गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!