काठमाडौं। हाम्रो आकाशगंगा मिल्की वेसँग दुईवटा अन्तरिक्ष राक्षस अर्थात स्पेस डेभिल ठोक्किने भएका छन् । माथिको तस्वीरमा देखिएका दुईवटा बादलका टुक्रा ताराबाट निस्किएको तातो ग्यासका बादल हुन् । यिनै बादललाई वैज्ञानिकहरु स्पेस डेभिल भन्छन् । र, यिनै तस्वीरमा देखिएका दुई स्पेस डेभिल हाम्रो आकाशगंगासँग ठोक्किन लागेका हुन् । यी स्पेस डेभिलहरु हाम्रो आकाशगंगाका छिमेकी हुन् । यी दुई स्पेस डेभिलहरु वैज्ञानिकहरुले अनुमान गरेको भन्दा कैयौं गुणा छिटो आकाशगंगासँग ठोक्किँदैछन् ।
स्वेस डेभिललाई वैज्ञानिक भाषामा म्याग्लेटिक क्लाउड भनिन्छ । यी दुई म्याग्लेनिक क्लाउड ड्वार्फ ग्यालेक्सी हुन् । यी दुईवटा स्पेस डेभिन कुनै तारा टुट्दा निस्किएको तातो ग्यासका कारण बनेका हुन् । हाम्रो आकाशगंगाले त्यो ग्यासको मुस्लोलाई दुई भागमा बाँडिदिएको हो । यी दुई स्पेस डेभिलको कूल तौल १७ बिलियन सोलार मास छ । यो भनेको हाम्रो आकाशगंगाभन्दा १०० गुणा सानो हो । अहिले मिल्की वे र यी दुई स्पेस डेभिलबीच संघर्ष चलिरहेको छ ।
यो संघर्ष ३ अर्ब वर्षदेखि चलिरहेको छ तर अब भने हाम्रो आकाशगंगा मिल्की वे र यी दुई ड्वार्फ ग्यालेक्सीबीच चलिरहेको संघर्ष अन्त्य हुने संघारमा छ । पछिल्लो समय हामे आकाशगंगाले यी दुईलाई जित्न लागेको देखिएको छ । हाम्रो आकाशगंगा र यी दुई ड्वार्फ ग्यालेक्सीबीच चलिरहेको यो युद्धका कारण दुवै ड्वार्फ ग्यालेक्सीको पछाडि गहिरो रातो रंगको निशान छुटेको छ । यो निशान अन्तरिक्षको दक्षिणी भागमा छ । रातको समयमा आकाश सफा हुँदा अन्तरिक्षको दक्षिणी हिस्सा देखिएका बेला हामीले नाङगो आँखाले पनि यी ड्वार्फ ग्यालेक्सी र रातो निशान देख्न सक्छौं । यो रातो निशानलाई वैज्ञानिकहरु म्याग्नेलिक स्ट्रिम भन्छन् ।
वैज्ञानिकहरुले यो घटना जुन समयमा हुने गणना गरेका थिए त्योभन्दा धेरै छिटो घट्ने भएको छ । यदि यी दुई ड्वार्फ ग्यालेक्सी हाम्रो आकाशगंगामा आएर मिले भने यहाँ ताराबाट निस्किएको तातो ग्यासको बाढी आउनेछ र रातको आकाशको पूरै दृश्य बदलिनेछ । हालै द एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित अध्ययनका अनुसार यी दुई अपेक्षा गरिएभन्दा धेरै छिटो आकाशगंगाको नजिक आइसकेका छन् । यी दुई अहिले हाम्रो पृथ्वीभन्दा ६५ हजार प्रकाश वर्ष टाढा छन् । यो दूरी अन्तरिक्षमा धेरै मानिँदैन । यो दूरी वैज्ञानिकहरुले पहिले गणना गरेको भन्दा पाँच गुणा नजिक हो ।
यदि यी दुई ड्वार्फ ग्यालेक्सी आकाशगंगामा आएर ठोक्किए भने स्थिति निकै भयावह हुनेछ । यद्यपि यसअघि जति विनाश हुने सोभिएको थियो त्यति भने हुने छैन किनकि पहिले यिनीहरुको आकार अहिलेको आकारभन्दा ५ गुणा ठूलो भएको सोचिएको थियो । वैज्ञानिकहरुको गणना अनुसार यी दुई ड्वार्फ ग्यालेक्सी आकाशगंगामा ठोक्किन ५ करोड वर्ष समय छ । यसअघि वैज्ञानिकहरुले १० देखि १५ करोड वर्ष लाग्ने अनुमान गरेका थिए ।
युनिभर्सिटी अफ भिस्कन्सिन–मेडिसनमा भौतिकशास्त्रका शोधार्थी स्कट लुचिनीका अनुसार वैज्ञानिकहरुले धेरै करोड वर्षपछि यी दुई ड्वार्फ ग्यालेक्सी ठोक्किने अनुमान गरेको भए पनि यति छिटो हुनु आश्चर्यको कुरा हो । लुचिनीका अनुसार यी ड्वार्फ ग्यालेक्सी आकाशगंगाको बाहिरी रिंगको नजिकै आइसकेका छन् । यदि आकाश सफा छ भने यिनीहरुलाई अन्तरिक्षको दक्षिणी भागमा नाङ्गो आँखाले देख्न सकिन्छ ।
स्कट लुचिनीले यसअघि यो रिसर्चको बारेमा गत वर्ष नेचर जर्ललमा पनि रिपोर्ट प्रकाशित गरेका थिए । त्यो रिपोर्टमा उनले यो तातो ग्यासको बादलको तापक्रम ५ लाख डिग्री सेल्सियस भएको बताएका थिए । अर्थात यसको अगाडि जे पनि आउँछ केही सेकेण्डमै खरानी हुन्छ । यसको तातो लहरलाई लुचिनीले म्याग्लेनिक कोरोना नाम दिएका थिए । एक वर्षदेखि जारी यो अध्ययनका क्रममा उनले यो स्पेस डेभिलको व्यवहारमा धेरै परिवर्तन देखेका छन् ।
वैज्ञानिकहरुले यो तातो ग्यासको कम्प्युटर सिमुलेसन बनाए ताकि यसको तापमान, गति, दिशा आदिबारे थप जानकारी पाउन सकियोस् । कम्प्युटर सिमुलेसनबाट गणना गर्दा जुन परिस्थिति देखियो त्यो निकै आश्चर्यजनक थियो । अनुसन्धानमा तापमानमा थोरै कमी भएको तर यो आकाशगंगाको धेरै नजिक आइसकेको थाहा भयो । यसको अन्त्य कसरी हुन्छ भन्ने विषयमा अहिले लुचिनी र उनको टिम केही बोल्न तयार छैनन् । तर, उनीहरुले आकाशगंगाको स्थिति धेरै बदलिने भने बताएका छन् ।
यी दुई ड्वार्फ ग्यालेक्सीबीचको आपसी दूरी ३०० करोड वर्ष छ तर आकाशगंगाको गुरुत्वाकर्षणका कारण यी दुई आकाशगंगाको नजिक आइरहेका छन् । वैज्ञानिकका अनुसार आकाशगंगामा मिसिनुभन्दा पहिले यी दुई आपसमै पनि ठोक्किन सक्छन् । त्यसपछि मात्रै यिनीहरु मिल्की वेमा मिसिन पनि सक्छन् । यो अध्ययनमा सहभागी अर्का वैज्ञानिक एन्ड्रयु फक्सका अनुसार वैज्ञानिकहरुले लगातार यी तातो ग्यासका लहरमाथि निगरानी गरिरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-