बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यात्रामा कडाइ गरेर विदेश घुम्न हिँडेपछि इजरायली प्रधानमन्त्रीको आलोचना

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
मंसिर १६, २०७८ १९;२० मध्यान्ह प्रकाशित
यात्रामा कडाइ गरेर विदेश घुम्न हिँडेपछि इजरायली प्रधानमन्त्रीको आलोचना
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

१६ मंसिर, काठमाडौं । जनतालाई विदेशको यात्रा नगर्न भनेर आफैं सपरिवार विदेश घुम्न गएपछि इजरायली प्रधानमन्त्रीको आलोचना भएको छ । पत्नी र ४ जना छोराछोरीसहित प्रधानमन्त्री नफताली बेनेट विदा मनाउन भन्दै विदेश घुम्न गएपछि उनको आलोचना भएको हो ।

केही दिनअघि कोभिडको नयाँ भेरियन्टका संक्रमित फेला परेपछि बेनेट नेतृत्वको सरकारले सबै विदेशी यात्रुमाथि प्रतिबन्ध लगाएको थियो भने नागरिकलाई सकेसम्म विदेश नजान आग्रह गरेको थियो ।

तर आफैंले घोषणा गरेका प्रतिबन्धात्मक नियम पालना नगरेको भन्दै बेनेटको आलोचना भएको टीआरटी वर्ल्डले जनाएको छ । विपक्षी राजनीतिज्ञदेखि सर्वसाधारणले उनको आलोचना गरेका छन् ।

‘यो उनको व्यवहारको प्रमाण हो’, विपक्षी दलका सांसद इजरेल कार्ट्जले आर्टी रेडियोसँग कुरा गर्दै भने, ‘यो जनताप्रति उनको जिम्मेवारीको प्रमाण हो, व्यक्तिगत उदाहरण बन्न नसकेको प्रमाण हो । उनले आफू जे मन लाग्यो त्यही गर्न सक्छु भन्ने ठान्छन् ।’ त्यस्तै, सर्वसाधारण इजरायलीले सामाजिक सञ्जालमा चर्को आलोचना गर्दै बेनेटको नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

‘हामीहरू यहाँ प्रतिबन्धका कारण अलपत्र परिरहेका बेला विदेशमा घुमिरहेको परिवारलाई शुभकामना’, आना गेट्सम्यान नामकी महिलाले सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै लेखेकी छन् ।

बुधबार बेनेटको कार्यालयले उनी सपरिवार विदेशमा विदा मनाउन जाने बताएको थियो । तर यसअघि तय गरिएको मुलुक ‘रातो सूची’मा परेपछि बेनेट र उनको परिवार घुम्ने मुलुक परिवर्तन गरिएको प्रधानमन्त्री कार्यालयका विज्ञप्तिमा उल्लेख छ ।

तर उनीहरूले हानुकाहका अवसरमा विदा मनाउन जाने स्थानबारे उक्त विज्ञप्तिमा केही खुलाइएको छैन ।

पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट फेला परेपछि इजरायलले सबै विदेशीका लागि आफ्नो सीमा बन्द गरेको छ । अफ्रिकाका अधिकांश मुलुकतर्फको यात्रामा प्रतिबन्ध लगाइएको भए पनि इजरायलीहरू अन्य मुलुकमा जान सक्ने र फर्किएपछि क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

बुधबार नै फेसबुकमा नयाँ भेरियन्टबारे अन्तर्क्रिया गर्ने क्रममा बेनेटलाई सपरिवारसहितको विदेश भ्रमणबारे सोधिएको थियो । उनले जवाफ दिने क्रममा आफूले यात्रासम्बन्धी कुनै नियम उल्लंघन नगरेको बताएका थिए ।

‘आलोचनालाई मैले बुझ्छु’, उनले जवाफमा लेखेका थिए, ‘प्रतिबन्धात्मक नियम पालना गर्दै अरु पनि विदेश गइरहेका छन् र म तोकिएबमोजिक क्वारेन्टाइनमा बस्नेछु ।’

यसअघि शुक्रबार बेनेटले पत्रकार सम्मेलनमा कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियममा कडाइ गरिने बताएका थिए । ‘यदि मलाई सोध्नु भयो भने मैले यस्तो अनिश्चयबीच विदेश नजान सुझाव दिन्छु’, पत्रकार सम्मेलनमा उनले भनेका थिए । टीआरटी वर्ल्डबाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!