काठमाडौं । भारतमा दुईजनामा कोरोना भाइरसको ओमिक्रोन ‘भेरियन्ट’ को संक्रमण देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार कर्नाटकमा दुई जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको हो ।
उनीहरू ४६ र ६६ वर्षका पुरुष रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूमा मध्यम खालका लक्षण देखिएको छ । सरकारले उनीहरूको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याइसकिएको जनाएको छ । उनीहरूको पनि परीक्षण गरिएको छ ।
पहिलोपटक गत नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्टको भारतसहित ३० देशमा देखिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-