मुम्बई:= बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाहको तयारीमा जुट्दै गर्दौ उहाँविरुद्ध उजुरी दर्ता भएको छ।
स्थानीय एक वकिलले उनीहरुको विवाहविरुद्ध उजुरी दर्ता गराउनु भएको हो । समाचार अनुसार वकिल नेत्रविन्द सिंह जादौनले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी दर्ता गराउनु भएको छ । वकिलले विवाहका कारण एक मन्दिरको बाटो अवरुद्ध भएको भन्दै उजुरी गर्नु भएको हो । उजुरीकर्ताका अनुसार प्रशासनले डिसेम्बर ६ देखि १२ सम्म चौथ माता मन्दिरको बाटो बन्द गरिदिएको छ । जसकारण श्रद्धालुले समस्या भोग्नु परेको छ ।
जादौनले उजुरीमा सिक्स सेन्सेज फोर्टका प्रबन्धक, कटरिना, विकी र जिल्ला कलेक्टरविरुद्ध उजुरी दर्ता गराउनु भएको छ । उहाँहरुको विवाहमा १ सय २० पाहुनाको उपस्थिति हुनुहुनेछ । जसमा कबीर खान, निर्माता अमृतपाल सिंह वृन्दा र निर्देशक आनन्द तिवारी पनि हुने भनिएको छ । विवाहमा अभिनेता सलमान खानको बडीगार्ड शेराको कम्पनीले सुरक्षा व्यवस्था सम्हाल्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-