काठमाडौं। भारतका पहिलो चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको हिजो हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । सीडिएस रावत, उनकी पत्नी मधुलिकासहित १३ जनाको ज्यान जानेगरी भएको यो दुर्घटनाको विषयमा अन्तर्राष्ट्रिय सुरक्षा र हतियार नियन्त्रणका मुद्दाका विज्ञ, भू रणनीतिकार तथा लेखक ब्रह्मा चेलानीको प्रतिक्रियाले अहिले निकै हलचल ल्याएको छ । चेलानीको धारणा सार्वजनिक भएसँगै चीनको प्रमुख सरकारी अखबार ग्लोबल टाइम्सले यस विषयमा कडा र आक्रामक प्रतिक्रिया दिएको छ ।
At a time when China’s 20-month-long border aggression has resulted in a warlike situation along the Himalayan front, the tragic death of India’s chief of defense staff, Gen. Rawat, his wife and 11 other military personnel in a helicopter crash couldn’t have come at a worse time.
— Brahma Chellaney (@Chellaney) December 8, 2021
प्रोफेसर चेलानीले सीडीएस रावतको हेलिकप्टर दुर्घटनाको विषयमा सिलसिलेवार ट्वीट गरेका छन् । उनले ट्वीटमा सीडीएस रावत र ताइवानका चीफ अफ जनरल स्टाफ जनरल शेन यि मिंगको हेलिकप्टर दुर्घटनामै भएको मृत्युमा समानता भएको दावी गरेका छन् । प्रोफेसर चेलानीले ट्वीट गर्दै लेखेका छन् ‘पछिल्लो २० महिनामा सीमामा तनावका कारण हिमालयको मोर्चामा युद्धजस्तो स्थिति उत्पन्न भएको थियो । यस्तो समयमा भारतका सीडीएस, उनकी पत्नी र ११ अन्य सैन्यकर्मीको हेलिकप्टर दुर्घटनामा मृत्युको घटना योभन्दा खराब समयमा हुन सक्दैन ।’
Gen. Rawat’s death has an eerie parallel with the helicopter crash in early 2020 that killed Taiwan’s chief of general staff, Gen. Shen Yi-ming, and seven others, including two major generals. Each helicopter crash eliminated a key figure in the defense against PRC’s aggression.
— Brahma Chellaney (@Chellaney) December 8, 2021
उनले आफ्नो एक ट्वीटमा जनरल रावतको मृत्यु र ताइवानका जनरल स्टाफका प्रमुखको मृत्युमा डरलाग्दो समानता भएको दावी गरेका छन् । २०२० को सुरुवातमा ताइवानका चीफ अफ जनरल स्टाफ जनरल शेन यि मिंगको हेलिकप्टर पनि दुर्घटना भएको थियो र २ प्रमुख जनरलहरुसहित सात जनाको मृत्यु भएको थियो । यी दुवै हेलिकप्टर दुर्घटनामा ती २ सेनाका प्रमुखको मृत्यु भयो जो यस क्षेत्रमा चीनको आक्रामकताको विरुद्ध थिए ।
The strange parallel doesn’t mean there was any connection between the two helicopter crashes or an outside hand. If anything, each crash has raised important internal questions, especially about maintenance of military helicopters transporting top generals.
— Brahma Chellaney (@Chellaney) December 8, 2021
उनले अर्को ट्वीटमा लेखेका छन् ‘यी अनौठा समानताको यो अर्थ होइन कि दुवै हेलिकप्टर दुर्घटनामा कुनै सम्बन्ध छ वा कुनै बाहिरी शक्तिको हात छ । जे भए पनि प्रत्येक दुर्घटनाले महत्वपूर्ण प्रश्न उठाएका छन् । विशेष रुपले शीर्ष जनरललाई लिएर जाने सैन्य हेलिकप्टरको रखरखावको बारेमा ।’
#COMMENT
This view is like suspecting the US played a role in the crash because India and Russia are moving forward with the delivery of a Russian S-400 missile defense system, which the US strongly opposed. @Chellaney pic.twitter.com/cGgEhNrukT— Global Times (@globaltimesnews) December 8, 2021
ग्लोबल टाइम्सले चेलानीको ट्वीटलाई रिट्वीट गर्दै उनीमाथि कडा कटाक्ष गरेको छ । ग्लोबल टाइम्सले लेखेको छ ‘यो दृष्टिकोणको हिसाबले त अमेरिकाको पनि यो हेलिकप्टर दुर्घटनामा भूमिका हुन सक्छ किनकि भारत र रुस एस–४०० मिसाइल रक्षा प्रणालीको साथमा अगाडि बढिरहेका छन् र अमेरिकाले यो डीललाई लिएर कडा विरोध जनाएको छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-