काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ मा रिलिज हुने भएको छ । गाउँबाट सहर आएको एउटा युवकको सहरिया बन्ने यात्रा बोल्ने चलचित्र ‘चिसो एस्ट्रे’ले चैत ४ गतेका लागि रिलिज डेट लक गरेको छ ।
आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा भन्ने चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका छन् । निर्देशक पाल्पालीले चलचिले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
“फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवकको कथा भन्ने प्रयास गरेका छ,” उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “तर आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।”
फिल्ममा दिव्यदेवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङर सृष्टि श्रेष्ठ छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-