मुम्बई:= गत डिसेम्बर ९ मा बिहे गर्नुभएका बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशलको सार्वजनिक तस्वीरले रेकर्ड ब्रेक गरेको छ । कडा सुरक्षाबीच गरिएको बिहेको तस्वीर र भिडियो हेर्न दर्शक आतुर थिए । त्यसैनुरूप सार्वजनिक एक तस्वीर भाइरल बन्यो ।
विक्की–कट्रिनाको विवाहको सो तस्वीरलाई पोष्ट गरिएको केही घण्टामै सवा करोड बढीले लाइक गरेका छन् । उहाँहरूको तस्वीरले दीपिका पाडुकोन र रणवीर सिंहको रेकर्डलाई पछि छाडेको छ । सन् २०१८ मा इटालीमा विवाह गरेका दीपिका र रणवीर सिंहको तस्वीरले ६४ लाख ७८ हजार ६२३ लाइक पाएको छ ।
सन् २०१८ मै विवाह बन्धनमा बाँधिएका प्रियंका चोपडा र निक जोनसको तस्वीरले ७४ लाख ७७ हजार ४३३ लाइक पाएको छ । सन् २०२० मा विवाह गरेका नेहा कक्कड र रोहनप्रीतको तस्वीरले ३९ लाख ८२ हजार ६०७ लाइक बटुलेको थियो । उता, अनुष्का शर्मा र विराट कोहलीको विवाहको तस्वीरले ३४ लाख ६९ हजार ९९८ लाइक बटुलेको थियो । उहाँहरूले सन् २०१७ मा विवाह गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-