काठमाण्डाै – कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमणका कारण बेलायतमा एक जनाको ज्यान गएको छ ।
बेलायतमा ओमिक्रोन पुष्टि भएका एक जनाको ज्यान गएको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको ओमिक्रोनको सङ्क्रमणबाट ज्यान गएको यो नै पहिलो घटना हो ।
यसैबीच कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण बढेपछि बेलायतले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन सङ्कटकाल घोषणा गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-