भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार बनारसमा रहेको काशी विश्वनाथ कोरिडोरको उद्घाटनपछि मजदूरहरूसँग बसेर खाना खाएका छन् । कोरिडोर निर्माणमा सहभागी मजदूरहरूको बीचमा बसेर मोदीले खाना खाएका तस्वीरहरू सार्वजनिक भएका छन् ।
उनले त्यस अवसरमा भने, ‘आज म यस भव्य परिसरको निर्माणमा सहभागी सबै मजदूरप्रति आभार प्रकट गर्न चाहन्छु । उनीहरूको परिश्रमकै कारण यो सम्भव भएको हो । मजदूरहरूले कोभिडको बेलामा पनि नरोकिइकन काम गरेका छन् ।’
मोदीको थालीमा रोटी, भात र चार किसिमका तरकारी देखिएका थिए । मजदूरहरूको थालीमा पनि त्यसै किसिमको भोजन देखिएको थियो ।
अयोध्यामा प्रभु श्रीरामको मन्दिर मात्र नभई सरकारले हरेक जिल्लामा मेडिकल कलेज पनि बनाएको मोदीले बताए । बाबा विश्वनाथको धामलाई भव्य बनाएको मात्र नभई गरीबहरूका लागि करोडौं पक्का घर पनि बनाइरहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-