भारतीय सेनाका सर्वोच्च अधिकारी चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएकै समयमा भिडियो लिने एक व्यक्तिको मोबाइल फरेन्सिक जाँचका लागि पठाइएको छ ।
दुर्घटना भएकै क्षेत्रमा लिइएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भारतीय टेलिभिजनहरूले भिडियोलाई रिपिट गरी–गरी देखाएका थिए । कोयंबटूरका एक वेडिङ फोटोग्राफर आफ्नो परिवार र साथीहरूसँग निलगिरिस जिल्लाको कट्टेरी इलाकामा गएका थिए ।
उत्सुकतापूर्वक भारतीय सेनाको हेलिकप्टरको भिडियो आफूले लिएको र अरू कुरा थाहा नभएको उनले बताएको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले खबर लेखेका छन् ।
उनले भिडियो लिएलगत्तै हेलिकप्टर दुर्घटना भएको थियो । भिडियोमा दुर्घटना हुँदै गरेको नदेखिए पनि हुनुभन्दा केही समय अगाडिको दृश्य कैद भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-