काठमाडौं, साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा ः द राइज’ शुक्रवारबाट संसारभर विभिन्न भाषामा प्रदर्शनमा आएको छ । प्रदर्शनभन्दा अगावै डिजिटल राइट्सबाट २ सय ५० करोड भारु कमाइसकेको फिल्मले प्रदर्शनको दुई दिनमा संसारभर आक्रामक कमाई गरेको छ । फिल्मले दुई दिनमा १०० करोडको आँकडा नघाएको छ ।
ट्रेड एनालिस्ट रमेश बालाले ट्विटरमार्फत् फिल्मले दुई दिनमा संसारभर १ सय १६ करोड कमाएको जानकारी दिएका छन् । उनले फिल्मलाई ‘ब्लकबस्टर’ भनेका छन् । पाँच भाषामा रिलिज भएको फिल्मको लाइफटाइम वर्ल्डवाइड कलेक्सन एक हजार करोड नाघ्ने अनुमान गरिएको छ । फिल्मले हिन्दी डबमा पहिलो दिन भारु तीन करोड कमाउँदै फिल्म ‘केजिएफ’ को समेत रेकर्ड तोडेको छ ।
नेपालमा समेत ‘पुष्पा’ को हिन्दी डबले जबरजस्त पैसा छापेको छ । प्रदर्शनको दिनदेखि दर्शकलाई मल्टीप्लेक्समा टिकट पाउन हम्मेहम्मे परेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-