काठमाडौं – फिल्म ‘कबड्डी ४’ को टिजर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको यस फिल्मको टिजर सोमबार युट्युबमा सार्वजनिक भएको हो ।
‘कबड्डी’को अन्तिम भागका रूपमा बनाइएको यस फिल्ममा अभिनेता दयाहाङ राई , सौगात मल्ल, बुद्धि तामाङ , मिरुना मगर, गौमाया ,विजय बराल , माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । टिजरमा अभिनेता राईलाई फरक भूमिका निभाएको देखिएको छ । फिल्मलाई मणिराम पोखरेलले निर्माण गर्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-