बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतमा एकै दिन एक लाख छ हजारमा कोरोना संक्रमण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस ८, २०७८ ०७;३६ बिहान प्रकाशित
बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ बेलायतमा दैनिक कोरोना संक्रमित संख्या बढ्दै गएको छ । बुधबार एकै दिन पहिलो पटक महामारीयताकै सबैभन्दा बढी एक लाख छ हजार १२२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड १६ लाख ४७ हजार ४७३ पुगेको छ ।

नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ । संक्रमण दर उच्च रहेपनि कोरोना संक्रमणका कारण हुने मृत्युमा भने वृद्धि भएको छैन । यसैगरी अस्पताल भर्ना हुनेको संख्यामा पनि खासै परिवर्तन भएको छैन । यसअघि कोरोनाको दोस्रो लहरका बेला अस्पताल भर्ना हुनेको संख्या ३९ हजार नाघेको थियो । तर, अहिले अस्पताल भर्ना हुनेको संख्या पाँच गुणाले कम छ । अहिले बेलायतका अस्पतालमा कोरोनाका भर्ना हुनेको संख्या आठ हजार रहेको छ । संक्रमण दर उच्च रहेपनि यसअघिको डेल्टा भेरिएन्टको तुलनामा ओमिक्रोनले कम असर गरेको र कमै व्यक्तिलाई अस्पताल भर्ना हुनुपरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाका कारण १४० जनाको ज्यान गएको छ । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक लाख ४७ हजार ५७३ पुगेको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले बुस्टर डोजलाई निकै तीव्रताकासाथ अघि बढाएको छ । दैनिक एक लाख बुस्टर डोज वितरण गर्ने सरकारले लक्ष्य राखे अनुसार बुधबार नौ लाख ६८ हजार ६६५ डोज खोप वितरण गरेको छ । पछिल्लो एकसाताभित्र ६१ लाख जनालाई बुस्टर डोज दिइएको सरकारी तथ्यांकमा उल्लेख छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ९५ लाख ७९ हजार ५६९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १५ लाख ७७ हजार ७८२ जना अर्थात् ८९।७ प्रतिशतले खोपको पहिलो र ४ करोड ७१ लाख ५६ हजार ८९९ जना अर्थात् ८२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी ३ करोड ८ लाख ४४ हजार ८८८ अर्थात् ५३।६ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

इंग्ल्याण्डमा घट्यो आइसोलेसन अवधि
कोभिड संक्रमण रोक्न इंग्ल्याण्डमा लागू गरिएको ‘सेल्फ आइसोलेशन’ को समयलाई १० दिनबाट ७ दिनमा घटाइएको छ । कोरोना संक्रमित भएको खण्डमा यसअघि १० दिनसम्म सेल्फ आइसोलेसन बस्नुपर्ने नियम थियो ।

नयाँ नियम अनुसार छैटौं र सातौँ दिनमा परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएमा सातौँ दिनबाट क्वारेन्टाइन अन्त गर्न सकिनेछ । तर, खोपको दुवै मात्रा नलगाएका र कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुले भने पूरा दश दिन नै ‘आइसोलेट’ हुनुपर्नेछ ।

स्वास्थ्य विज्ञको सल्लाह अनुसार क्वारेन्टाइन अवधि घटाइएको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । ओमिक्रोन संक्रमण तीव्र रुपमा बढेपछि विशेषगरि स्वास्थ्य तथा रेल क्षेत्रमा कर्मचारीहरुको अभाव हुन थालेपछि यो नयाँ नियम लागू गर्न लागिएको अधिकारीहरुले बताएका छन् ।

नयाँ नियम खोप लगाएकाहरुलाई पनि लागू हुनेछ । तर, कोभिडको लक्षण देखिएको छ भने आइसोलेसन नै बस्नुपर्ने बताइएको छ । आइसोलेसन मुक्त भएकाहरुलाई सिमित व्यक्तिबीच मात्र सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!