मुम्बई। अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ। सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन्। सुस्मिता र रोहमन निकट स्रोतका अनुसार उनीहरुले ब्रेकअपको बारेमा मुख नखोले पनि यो जोडीबीच केही समययता खटपट रहदै आएको थियो।
सुस्मिता विगत अढाई वर्षदेखि रोहमनसँग डेटमा थिइन्। रोहमन र सुस्मिताको उमेरमा करिब १६ वर्षको फरक छ। सुस्मिता ४६ वर्षकी र रोहमन ३० वर्षका छन् । उनीहरु लिभ–इन–रिलेसनसिपमा थिए।
रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलीशासँग राम्रो सम्बन्ध छ। दुवै छोरीहरु रोहमनलाई ‘बाबा’ भनेर बोलाउने गर्छन्।
प्रतिक्रिया लेख्नुहोस्:-