काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र अर्का अभिनेता टाइगर श्राफ एउटै फिल्ममा देखिने भएका छन् । अक्षय र टाइगर फिल्म ‘बडे मियाँ छोटे मियाँ’को सिक्वेलमा काम गर्ने भारतिय मिडियाले जनाएका छन् ।
फिल्मलाई अलि अब्बास जफरले निर्देशन गर्नेछन् भने अक्षय र टाइगरसहित रविना टण्डन, रम्या कृष्णन, अनुपम खेर, परेश रावल लगायतकाको अभिनय रहनेछ ।
फिल्मको छायांकन २०२२ बाट सुरु हुनेछ । यसअघिको फिल्ममा अमिताभ बच्चन र गोविन्दको मूख्य भूमिका रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-