काठमाडौँ । बलिउडकी गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् ।
हो । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगैनाच्ने चाहना पूरा गर्न कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्था फेलिज इन्टरनेशनल इभेन्टका सीईओ शाहिल खानले बताए । “विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देशसमेत कार्यक्रमले दिनेछ,” खानले भने, “कौरको ‘राता लम्बिया’ गीत अहिले हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो ।”
प्रतिक्रिया लेख्नुहोस्:-