दि हेग । नेदरल्यान्डसको एउटा अदालतले राजधानी हेगस्थित दूतावासमा गोली प्रहार गरेर हत्याको प्रयास गरेको अभियोगमा एक ४१ वर्षीय पुरुषलाई चारवर्ष लामो कारावास सजाय सुनाएको छ ।
आफुलाई मक्का भ्रमणका लागि प्रवेषाज्ञा नदिएको रिसको झोंकमा नाम नखुलाइएका ति व्यक्तिले सन् २०२० को १२ नोभेम्वरमा आफ्नो चालिसौं जन्मदिनको बिहान सबेरै स्वचालित बन्दुकबाट दूतावास भवनमा २९ पटक गोली चलाएका थिए । तर सो घटनामा कोही पनि घाइते भएको थिएनन् ।
ति व्यक्तिका वकिलले उनी कुनै पनि हालतमा इस्लामिक पवित्र तिर्थस्थल मक्काको भ्रमणमा जान चाहेको जानकारी दिएका छन् । मुशिलमहरु आफु त्यहाँ पुग्नुलाई ठूलो उपलब्धि र गौरवको रुपमा लिने गर्दछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-