काठमाडौं । पोल्यान्डका राष्ट्रपति एन्द्रेज दुदाले विवादास्पद मिडिया स्वामित्व सम्बन्धी कानुन माथि विशेषाधिकार प्रयोग गरेको र यसबाट उनले सरकार प्रति नकारात्मक रहेको अमेरिकाको स्वामित्वमा रहेको टेलिभिजन स्टेसनलाई मौन राख्न चाहेको समिक्षकहरुले बताएका छन् ।
यस कानुनले युरोपेली आर्थिक क्षेत्र भन्दा बाहिर रहेका कम्पनीहरुलाई पोलिस संचार माध्यमहरुलाई नियन्त्रणमा राख्नबाट रोक लगाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यदि यो कानुन पारित भएको खण्डमा अमेरिकास्थित डिस्कभरी समुहले न्युज नेटवर्क टिभिएन २४ मा रहेको आफ्नो सेयर बेच्नुपर्ने हुन्छ ।
सरकारी अधिकारीहरुले यस कानुनको उद्देश्य शत्रु राष्ट्रहरुको प्रभाबलाई नियन्त्रणमा राख्नु रहेको बताएका छन् । सत्तारुढ ल एन्ड जस्टिस पार्टी ( पिआइएस ) ले लामो समयदेखि विदेशी कर्पोरेसनहरुको पालिस मिडियामा ठूलो पकड रहेको रहेको गुनासो गर्दै आएको थियो यसै क्रममा यस कानुनका लागि संसदमा विधेयक पेश गरिएको थियो ।












प्रतिक्रिया लेख्नुहोस्:-